
नयाँ बिकल्प,
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा रौतहटका डा. राजेश झा (अहिराज) लाई नियुक्त गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले गरेको सिफारिका आधारमा राष्ट्रपति भण्डारीले झालाई नियुक्त गरेकी हुन् । झा स्वतन्त्र लेखकको रुपमा विगत एक दशकदेखि राजधानीमा बस्दै आएका छन् । मधेश केन्द्रीत दलका आलोचकका रुपमा झा परिचित छन् ।
यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त गरेकी छन् । परियार तत्कालिन नेकपा माओवादीका सभासद् थिए । नेकपा प्रचण्ड समूह निकट मानिएका परियार मोहन बैद्य निकट थिए ।

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...
काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...
काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...