प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त, डा. राजेश झा नियुक्त – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त, डा. राजेश झा नियुक्त


नयाँ बिकल्प,

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा रौतहटका डा. राजेश झा (अहिराज) लाई नियुक्त गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले गरेको सिफारिका आधारमा राष्ट्रपति भण्डारीले झालाई नियुक्त गरेकी हुन् । झा स्वतन्त्र लेखकको रुपमा विगत एक दशकदेखि राजधानीमा बस्दै आएका छन् । मधेश केन्द्रीत दलका आलोचकका रुपमा झा परिचित छन् ।

यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त गरेकी छन् । परियार तत्कालिन नेकपा माओवादीका सभासद् थिए । नेकपा प्रचण्ड समूह निकट मानिएका परियार मोहन बैद्य निकट थिए ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ फाल्गुन ७, १९: २७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ फाल्गुन ७, १९: २७

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ फाल्गुन ७, १९: २७

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...