‘छक्का पञ्जा २’ को ५१ दिन – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

‘छक्का पञ्जा २’ को ५१ दिन

‘छक्का पञ्जा २’ले बिहीबार प्रदर्शनको ५१ दिन मनायो । असोज ११ गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आएको सिनेमाले कात्तिक ३० गते प्रदर्शनको ५१ दिन पार गरेको हो ।
सिनेमा प्रदर्शन भएको ५१ दिनको अवसरमा काठमाडौंको सिटी सेन्टरमा विशेष कार्यक्रमको आयोजना गर्दै ‘छक्का पञ्जा २’ को टोलीलाई मायाको चिनो बाँडिएको थियो । भने सहयोगी संघ संस्था र हललाई सम्मान पत्र प्रदान गरिएको थियो ।
५१ दिने कार्यक्रममा निर्देशक दीपाश्री निरौला सहित सिनेमाका मुख्य कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, स्वस्तीमा खड्का लगायतको उपस्थिति थियो । त्यस्तै हरिवंश आचार्य, भुवन चन्द, बसुन्धरा भुसाल, चैत्यदेवि, गणेश मुनाल, गेहेन्द्र धिमाल लगायतको उपस्थिति पनि कार्यक्रममा थियो ।
चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्रमा केही कमजोरी भएपनि दर्शकले माया गरिदिनु भएको भन्दै खुशी व्यक्त गरे । उनले, आगामी दिनमा अझ उत्कृष्ट चलचित्र बनाउने बाचा समेत गरे । चलचित्रकी निर्देशक दीपाश्री निरौलाले कमीकमजोरी भएपनि सुधार्दै अगाडि बढ्ने बताइन् ।

सम्बन्धित समाचार

‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
  • २०७४ मंसिर ४, ०९: ४९

काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत...

‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा
‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा
  • २०७४ मंसिर ४, ०९: ४९

काठमाडौँ ।  आजदेखि दुई नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’ देशभर एकसाथ प्रदर्शनमा आएका छन्। मितेरी साइनोको कथामा आधारित फिल्म ‘मितज्यू’...

चलचित्र ‘बाः एक योद्धा’को वितरण कुवेर सिने डिस्ट्रिब्युसनलाई, भदौ १९ बाट प्रदर्शनमा आउने
चलचित्र ‘बाः एक योद्धा’को वितरण कुवेर सिने डिस्ट्रिब्युसनलाई, भदौ १९ बाट प्रदर्शनमा आउने
  • २०७४ मंसिर ४, ०९: ४९

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’को वितरण अधिकार कुवेर सिने डिस्ट्रिब्युसनले प्राप्त गरेको छ । निर्माता वसन्त लम्साल र कुवेर...