‘छक्का पञ्जा २’ले बिहीबार प्रदर्शनको ५१ दिन मनायो । असोज ११ गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आएको सिनेमाले कात्तिक ३० गते प्रदर्शनको ५१ दिन पार गरेको हो ।
सिनेमा प्रदर्शन भएको ५१ दिनको अवसरमा काठमाडौंको सिटी सेन्टरमा विशेष कार्यक्रमको आयोजना गर्दै ‘छक्का पञ्जा २’ को टोलीलाई मायाको चिनो बाँडिएको थियो । भने सहयोगी संघ संस्था र हललाई सम्मान पत्र प्रदान गरिएको थियो ।
५१ दिने कार्यक्रममा निर्देशक दीपाश्री निरौला सहित सिनेमाका मुख्य कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, स्वस्तीमा खड्का लगायतको उपस्थिति थियो । त्यस्तै हरिवंश आचार्य, भुवन चन्द, बसुन्धरा भुसाल, चैत्यदेवि, गणेश मुनाल, गेहेन्द्र धिमाल लगायतको उपस्थिति पनि कार्यक्रममा थियो ।
चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्रमा केही कमजोरी भएपनि दर्शकले माया गरिदिनु भएको भन्दै खुशी व्यक्त गरे । उनले, आगामी दिनमा अझ उत्कृष्ट चलचित्र बनाउने बाचा समेत गरे । चलचित्रकी निर्देशक दीपाश्री निरौलाले कमीकमजोरी भएपनि सुधार्दै अगाडि बढ्ने बताइन् ।
काभ्रे । पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा गर्दैछ । दिउँसो १ बजे हुने सभामा अध्यक्ष राजेन्द्र...
सुर्खेत । युरोपियन युनियनको प्रतिनिधिमण्डलले पहिलोपटक सुर्खेतमा आयोजना गरेको ११औँ संस्करणको नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव जारी छ ।कात्तिक १९ गतेदेखि...