११ औं गणतन्त्र दिवसको अवसरमा विरामीलाई आर्थिक सहयोग – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

११ औं गणतन्त्र दिवसको अवसरमा विरामीलाई आर्थिक सहयोग

बिर्तामोड । झापाको बिर्तामोडस्थित वीरता जेसीजले ११औं गणतन्त्र दिवसको अवसर पारी मंगलबार आर्थिक अभाव झेलिरहेका फोक्सो रोग, मृगौला रोग र दुर्घटनाबाट घाइते तीन बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ । वीरता जेसीजको सचिवालयमा आयोजित समारोहकाबीच अध्यक्ष एकराज गिरी, कार्यक्रम संयोजक वीरता जेसीजका सदस्य एजाज अहमद अन्सारीले तीन जना विरामीलाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।

वीरता जेसीजको तर्फबाट बाह्रदशी गाउँपालिका–२ का ६१ वर्षीय फोक्सो रोगबाट पीडित महम्मद हाकिम मियालाई २० हजार रुपैयाँ उपचार खर्च सहयोग प्रदान गरिएको हो । आर्थिक अवस्था अत्यन्त न्यून भएका उनी तत्कालीन राजगढ गाविसका निर्वाचित जनप्रतिनिधि समेत हुन् । उनी ०४५ सालमा जनप्रतिनिधि पनि थिए ।

त्यस्तै दुबै मृगौला खरब भई हाल कोसी अञ्चल अस्पतालमा उपचाररत् बिर्तामोड–३ का २३ वर्षीय कमल भट्टराईलाई पाँच हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । द्वन्द्वकालमा बुबा बेपत्ता भएका भट्टराईको मृगौला प्रत्यारोपणका लागि समिति नै गठन गरी आर्थिक संकलन भइरहेको छ । भट्टराईको उपचारका लागि गठित समितिको सदस्यमा वीरता जेसीज समेत रहेको छ । भट्टराईकी माता कमला भट्टराईलाई उक्त रकम हस्तान्तरण गरिएको थियो । त्यस्तै दुर्घटनबाट घाइते बिर्तामोड–१ निवासी ३२ वर्षीय जफिर आलमलाई पाँच हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । गत माघ ४ गते दुर्घटनामा घाइते उनको उपचारमा नौ लाख बढी खर्च भइसकेको छ ।

कवाडीका सामान संकलन गर्ने मजदुरीबाट परिवारको गुजारा चलाउँदै आएका उनको उपचार बीएण्डसी हस्पिटल बिर्तामोडमा भइरहेको छ । कार्यक्रम संयोजक एजाज अहमद अन्सारीको अगुवाईमा रकम जुटाएर तीन जना विरामीलाई वीरता जेसीजको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष तथा वीरता जेसीज सन् २०१८ कि अध्यक्ष सल्लाहकार राधा सुब्बाले जेसीजले मानवताको सेवामा अनुकरणीय काम गरेको भन्दै अरु संस्था र दाताले पनि जेसीजले जस्तै उपचारका लागि आर्थिक अभाव भोगिरहेका विरामीलाई सहयोग गर्नुपर्ने बताइन् ।

अध्यक्ष गिरीको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा कार्यक्रम संयोजक अन्सारीले गणतन्त्र दिवस र रमदानको अवसर पारी मानवीय कर्म स्वरुप कार्यक्रम गरिएको बताए । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसीज आस्थालाई आत्मसाथ गरी वीरता जेसीजले आयोजना गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव कमलप्रसाद पाण्डे विनोदले गरेका थिए ।

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७५ जेष्ठ २१, १०: ०७

१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७५ जेष्ठ २१, १०: ०७

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७५ जेष्ठ २१, १०: ०७

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...