
नयाँ विकल्प,
काठमाडौं- नेपाली कांग्रेसमा क्रियाशील सदस्य झण्डै साढे ८ लाख पुगेको छ । साढे आठ लाख क्रियाशील सदस्यमध्ये चार लाख ४२ हजार ८१६ नयाँ हुन् ।
करिव ७० हजारले क्रियाशील सदस्यता नवीकरण नगरेको छानविन समिति सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
अघिल्लो महाधिवेशनमा चार लाख ७० हजार क्रियाशील सदस्य रहेकामा १४ औं महाधिवेशनका लागि पुराना चार लाख ३ हजार ९१३ जनाले मात्रै सदस्यता नवीकरण गरेका छन् ।
ठूलो संख्यामा क्रियाशील सदस्यता नवीकरण नहुनु समीक्षाको विषय बनेको उनले बताए ।
कांग्रेसले विधानमा सबै तहमा महिलाको ३३ प्रतिशत अनिवार्य प्रतिनिधित्वको भनेपनि क्रियाशील सदस्य भने जम्मा २३ प्रतिशत मात्र महिला छन् ।
कुल साढे ८ लाख क्रियाशील सदस्यमध्ये करिब ७५ प्रतिशत पुरुष र २५ प्रतिशत महिला छन् । कांग्रेसको १४ औं महाधिवेशन १६ भदौदेखि १९ सम्म काठमाडौंमा सम्पन्न हुँदैछ ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...