कांग्रेसमा साढे ८ लाख क्रियाशील सदस्य, क्रियाशील महिला सदस्य जम्मा २३ प्रतिशत – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

कांग्रेसमा साढे ८ लाख क्रियाशील सदस्य, क्रियाशील महिला सदस्य जम्मा २३ प्रतिशत


नयाँ विकल्प,

काठमाडौं- नेपाली कांग्रेसमा क्रियाशील सदस्य झण्डै साढे ८ लाख पुगेको छ । साढे आठ लाख क्रियाशील सदस्यमध्ये चार लाख ४२ हजार ८१६ नयाँ हुन् ।

करिव ७० हजारले क्रियाशील सदस्यता नवीकरण नगरेको छानविन समिति सदस्य प्रदीप पौडेलले जानकारी दिए ।


अघिल्लो महाधिवेशनमा चार लाख ७० हजार क्रियाशील सदस्य रहेकामा १४ औं महाधिवेशनका लागि पुराना चार लाख ३ हजार ९१३ जनाले मात्रै सदस्यता नवीकरण गरेका छन् ।

ठूलो संख्यामा क्रियाशील सदस्यता नवीकरण नहुनु समीक्षाको विषय बनेको उनले बताए ।

कांग्रेसले विधानमा सबै तहमा महिलाको ३३ प्रतिशत अनिवार्य प्रतिनिधित्वको भनेपनि क्रियाशील सदस्य भने जम्मा २३ प्रतिशत मात्र महिला छन् ।

कुल साढे ८ लाख क्रियाशील सदस्यमध्ये करिब ७५ प्रतिशत पुरुष र २५ प्रतिशत महिला छन् । कांग्रेसको १४ औं महाधिवेशन १६ भदौदेखि १९ सम्म काठमाडौंमा सम्पन्न हुँदैछ ।

सम्बन्धित समाचार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि सुरु हुँदै
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि सुरु हुँदै
  • २०७८ असार २३, २१: ४०

काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक...

प्रेस स्वतन्त्रता र पत्रकारका श्रम अधिकारको माग गर्दै पत्रकार महासंघले घोषणा गर्‍यो  देशव्यापी  आन्दोलन
प्रेस स्वतन्त्रता र पत्रकारका श्रम अधिकारको माग गर्दै पत्रकार महासंघले घोषणा गर्‍यो देशव्यापी आन्दोलन
  • २०७८ असार २३, २१: ४०

काठमाडौं, १ मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न...

काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
  • २०७८ असार २३, २१: ४०

काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...