
नयाँ विकल्प,
काठमाडौं – अफगानिस्तानको सेनाले पश्चिम बदगिस प्रान्तमा तालिबान लडाकुले कब्जा गरेको सहर आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ ।
हिजो बुधवार दिउँसो तालिबानले कला–ए–नाव सहरका सरकारी भवन कब्जामा लिएर चार सय बन्दीलाई जेलबाट भगाएका थिए भने कैयौँ ठूला सरकारी भवन पनि नियन्त्रणमा राखेका थिए । तर घण्टौँसम्मको सङ्घर्षपछि सरकारी सेनाले आफूहरुले विजयी प्राप्त गरेको जनाएको बीबीसीले जनाएको छ ।
अमेरिकी सेना फिर्ता हुन थालेपछि तालिबानले कुनै पनि प्रान्तमा सिधै आक्रमण गरेको यो नै पहिलो घटना हो । तर सरकारी सेनाले विशेष बलसहितको हवाई आक्रमण गरेर क्षेत्र नियन्त्रणमा लिएको हो ।
स्पेसल फोर्स कमान्डर सैयद निजामीले आक्रमणमा तालिबानतर्फ ठूलो क्षति भएकाले आफुहरु उत्साहित रहेको बताए ।
अफगानिस्तानबाट अमेरिकी सेना फर्कन थालेसँगै तालिबानले आक्रमणका घटना बढाएको छ । आउँदो सेप्टेम्बर ११ तारिखसम्म सबै अमेरिकी सैनिक स्वदेश फर्कने योजना रहेको छ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...