तालिबानले कब्जा गरेको सहर आफ्नो नियन्त्रणमा आएको अफगानी सेनाको दाबी – Naya Bikalpa
November 10, 2026, Tuesday      Epaper

तालिबानले कब्जा गरेको सहर आफ्नो नियन्त्रणमा आएको अफगानी सेनाको दाबी


नयाँ विकल्प,

काठमाडौं – अफगानिस्तानको सेनाले पश्चिम बदगिस प्रान्तमा तालिबान लडाकुले कब्जा गरेको सहर आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ ।

हिजो बुधवार दिउँसो तालिबानले कला–ए–नाव सहरका सरकारी भवन कब्जामा लिएर चार सय बन्दीलाई जेलबाट भगाएका थिए भने कैयौँ ठूला सरकारी भवन पनि नियन्त्रणमा राखेका थिए । तर घण्टौँसम्मको सङ्घर्षपछि सरकारी सेनाले आफूहरुले विजयी प्राप्त गरेको जनाएको बीबीसीले जनाएको छ ।

अमेरिकी सेना फिर्ता हुन थालेपछि तालिबानले कुनै पनि प्रान्तमा सिधै आक्रमण गरेको यो नै पहिलो घटना हो । तर सरकारी सेनाले विशेष बलसहितको हवाई आक्रमण गरेर क्षेत्र नियन्त्रणमा लिएको हो ।

स्पेसल फोर्स कमान्डर सैयद निजामीले आक्रमणमा तालिबानतर्फ ठूलो क्षति भएकाले आफुहरु उत्साहित रहेको बताए ।

अफगानिस्तानबाट अमेरिकी सेना फर्कन थालेसँगै तालिबानले आक्रमणका घटना बढाएको छ । आउँदो सेप्टेम्बर ११ तारिखसम्म सबै अमेरिकी सैनिक स्वदेश फर्कने योजना रहेको छ ।

सम्बन्धित समाचार

नेपाल संवत् र म्हः पूजाको अवसरमा कांग्रेस सभापति थापाद्वारा शुभकामना
नेपाल संवत् र म्हः पूजाको अवसरमा कांग्रेस सभापति थापाद्वारा शुभकामना
  • २०७८ असार २४, १९: २९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको...

नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा प्रधानमन्त्री शाहद्वारा शुभकामना व्यक्त
नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा प्रधानमन्त्री शाहद्वारा शुभकामना व्यक्त
  • २०७८ असार २४, १९: २९

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना...

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग
  • २०७८ असार २४, १९: २९

रसुवा : भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१...