सैनिक नेतृत्व सम्हाल्ने पूर्णचन्द्रको यस्तो छ इतिहास – Naya Bikalpa
January 15, 2026, Thursday      Epaper

सैनिक नेतृत्व सम्हाल्ने पूर्णचन्द्रको यस्तो छ इतिहास

काठमाडौं । नेपाली सेनाको नेतृत्व बीर गोर्खाली सेनाका योद्धा तथा राष्ट्रिय विभुति अमरसिंह थापाका सन्ततीमा पुगेको छ । नेपाली सेनाको बलाधिकृत रथी पदमा रहेका पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा बिहीबारदेखि नेपाली सेनाको कमाण्ड सम्हालेपछि उनी नेपाली सेनाको सर्वोच्च पद प्रधानसेनापति तथा महारथी हुने पक्का भएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृत रथी थापालाई बुझबुझारथ गरेसंगै थापाले औपचारिक रुपमा सेनाको कमाण्ड सम्हालेका हुन् । प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप क्षत्री शुक्रबारदेखि घरविदामा बसीसकेका छन् । भदौं २४ गते क्षेत्रीको कार्यकाल सकिएपछि थापा औपचारिक रुपमा प्रधानसेनापतिको फुली लगाएसँगै थापा ४३ औँ प्रधानसेनापति प्रधानसेनापति बन्दैछन् ।

शालिन स्वभाव र आकर्षक व्यक्तित्वका थापा सेनाभित्र लोकप्रिय जर्सावको रुपमा चिनिन्छन् । उच्च अधिकृतदेखि सिपाहीसम्मको तहमा निरन्तर सम्पर्क र सम्वादमा बसिरहने थापाले अब्बल सैनिक अधिकृतको छवि बनाएका छन । व्यवसायिक तथा प्रतिभाशाली जर्नेलका रुपमा चिनिएका थापाले नेतृत्व सम्हाल्न लाग्दा सेनाभित्र पनि बेग्लै खालको उत्साह र खुसीयाली देखिएको छ । व्यक्तिगत रुपमा थापा जति सरल र नम्र छन्, व्यवासायिक रुपमा उनी निकै खरो र आर्थिक अनुशासनमा कठोर पनि छन् ।

कहिल्यै विवादमा नपरेका थापा पछिल्ला हरेक प्रधानसेनापतिको विश्वसनिय सहयोगीका रुपमा महत्वपूर्ण जिम्मेवारी समालेका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय वस्तुस्थितिको सुक्ष्म अध्ययन गर्न रुचाउने थापा अध्ययनशील र अलि प्राज्ञिक स्वभावका छन् । हरेक तहको जिम्मेवारीमा उनले आफूलाई उदाहरणको रुपमा प्रस्तुत गरेको उनको करिअर रेकर्डले देखाउँछ । थापाको जन्म २०१७ साल भाद्र २५ गते लम्जुङको मध्यम परिवारमा भएको हो उनका हजुरबुबा र बुबा दुवै नेपाली सेनामा कार्यरत थिए ।

थापा ०३६ सालमा अधिकृत क्याडेटका रुपमा नेपाली सेनामा भर्ना भएका थिए । २०३७ साल मंसिर २७ मा उनी गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भएका थिए । ३६ वर्ष लामो यात्रामा नेपाली सेनाका सबै जसो महत्वपूर्ण युनिट तथा विभागको नेतृत्व उनले गरेका छन् । प्रधानसेनापतिको सचिवालयमा बसेर नीति निर्णयको तहका लामो समय काम गर्न पाउने संभवत उनी नै पहिलो सैनिक अधिकारी हुन् । सैनिक कल्याणकारी कोष, कार्यरथी विभाग, प्रवन्ध तथा सम्भार रथीको कार्यलय, शान्ति सेना सञ्चालन निर्देशनालय, बाहिनी, पृतना मुख्यालय, बलाध्यक्षको कार्यलय, बलाधिकृतको कार्यलयलगायतका कार्यलय तथा विभागको उनले सफल नेतृत्व गरिसकेका छन् ।

सैनिक कल्याणकारी कोषलाई व्यवस्थित र पारदर्शी गर्नका लागि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सैनिक कल्याणकारी निर्देशनालयको निर्देशक हुँदा थापाले नेपाली सैनिक इतिहासमा पहिलो पटक कल्याणकारी कोषको रकम, लगानीको क्षेत्र, स्रोत र कोषको अवस्थाको बारेमा सार्वजनिक गरेका थिए । सैनिक कल्याणकारी कोषको रकम सार्वजनिक गरेर सैनिक गोपनियता भंग हुने भन्दै तत्कालिन सैनिक उच्च अधिकृतहरुले आलोचना समेत गरेका थिए । कोषको आयव्याय विवरण सार्वजनिक गर्ने परम्पराको थालनी गरेपछि उनको नाम सैनिक इतिहासमा उच्च रहेको छ ।

आन्तरिक सुशासन, पारदर्शिता र व्यवसायिक मूल्यमा कहिल्यै सम्झौता नगर्ने थापाको नेतृत्वमा नेपाली सेनाले थप उचाइ र आमआस्था हासिल गर्ने अपेक्षा गरिएको छ । आर्थिक मामिलामा स्वच्छ र पारदर्शी छबि बनाएका थापाले त्यस्ता विवादलाई नीतिगत तथा संस्थागत हिसावले निरुपण गर्ने विश्वास लिइएको छ । राष्ट्रसंघीय शान्ति मिसनमा पनि उनको महत्वपूर्ण भूमिका छ । राष्ट्रसंघीय शान्ति मिसनको फोर्स कमाण्डरका लागि विश्वस्तरीय परीक्षामा छानिएर थापा एक वर्ष सिरिया र इजरायलको बिबादस्पथ गोलान हाईट क्षेत्रमा फोर्स कमाण्डरका रुपमा राष्ट्रसंघीय शान्ति मिसनको नेतृत्व गरेका थिए । यो अवसर नेपाली सेनामा पाउने पहिलो व्यक्ति पूर्वरथी बालानन्द शर्मा हुन् ।

सम्बन्धित समाचार

नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने अमेरिकाको घोषणा
नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने अमेरिकाको घोषणा
  • २०७५ श्रावण २८, ०८: २७

काठमाडौं।अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश विभागले...

थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु
थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु
  • २०७५ श्रावण २८, ०८: २७

काठमाडौँ : बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटनाग्रस्त भएको छ । थाइल्याण्डको उत्तर(पूर्वी क्षेत्रमा एउटा...

इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
  • २०७५ श्रावण २८, ०८: २७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूबाट अमेरिकामा आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका...