प्रधानसेनापति राजेन्द्र क्षत्रीले यही मंसिर १५ गते बुटवलस्थित मध्यपश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त पृतनाको स्थलगत बस्तुस्थिति, अपरेशन, तालिम, बन्दोबस्ती लगायत मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित बातावरणमा सम्पन्न गराउन भएका तयारीहरुको बिषयमा जानकारी लिएका थिए ।
सोहि अवसरमा उनले चितवन जिल्लाको मेघौलीमा श्री प्यारा तालिम शिक्षालयद्वारा एम.आई.१७ हेलिकप्टरबाट भएको परिक्षण जम्प र श्री युद्धभैरव गणबाट प्रस्तुत गरिएको ड्रोन उडान प्रर्दशनीको अवलोकन समेत गर्नुभएको थियो ।
यसअनुरुप आगामी मंसिर २१ गते बाँकी ४५ जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लािग नेपाली सेनाले भरपर्दाे र भयरहित वातावरण सिर्जना गर्न देशभरी गस्ती गर्दै आएको छ । नेपालको लोकतान्त्रिक गणतन्त्र स्थापनादेखि संविधान कार्यान्वयनसम्म नेपाली सेनाको भूमिका उल्लेखनीय रहँदै आएको परिस्थितिमा शान्ति सुरक्षाको लागि नेपाली जनताले नेपाली सेनाको बढी भरोसा गरेको पाइन्छ ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...