
काठमाडौं । विगत केही सातादेखि नेपालमा कोरोना संक्रमण बढेसंगै कोरोनाभाइरसको जोखिम न्यूनीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक भिडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन नेपाल नागरिक उड्डयन कार्यालयले विमानस्थलमा कडाई तथा विनम्र आग्रह गरेको छ ।
नागरिक उड्डयन कार्यालयले विमानस्थलमा विदेश तथा स्वदेशमा जाने÷आउने आफ्ना आफन्तहरुलाई स्वागत र बिदाइ गर्न विमानस्थलमा आउँदा अनावश्यक भिडभाड बढ्ने र यसले झन कोरोनाभाइरसको जोखिम बढ्ने भन्दै आफू बच्न र अरूलाई पनि बचाउन आफन्तजनहरूलाई विमानस्थलमा नआउन अनुरोध गरेको छ ।
त्यस्तै उड्डयन कायालयले विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामा बाहेक अन्य अवस्थामा भिजिट पास उपलब्ध नगराउन उल्लेख गरेको छ ।
त्यस्तै सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेसंगै आन्तरिक उडानका लागि एअरलायन्सहरुले यात्रुहरुलाई अनिवार्य खोप कार्ड बोक्न अनुरोध गरेको बताइन्छ ।
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...