कोरोना संक्रमण न्यूनीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ, स्वागत र बिदाइमा आफन्त नआउन आग्रह – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कोरोना संक्रमण न्यूनीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ, स्वागत र बिदाइमा आफन्त नआउन आग्रह

काठमाडौं । विगत केही सातादेखि नेपालमा कोरोना संक्रमण बढेसंगै कोरोनाभाइरसको जोखिम न्यूनीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक भिडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन नेपाल नागरिक उड्डयन कार्यालयले विमानस्थलमा कडाई तथा विनम्र आग्रह गरेको छ ।

नागरिक उड्डयन कार्यालयले विमानस्थलमा विदेश तथा स्वदेशमा जाने÷आउने आफ्ना आफन्तहरुलाई स्वागत र बिदाइ गर्न विमानस्थलमा आउँदा अनावश्यक भिडभाड बढ्ने र यसले झन कोरोनाभाइरसको जोखिम बढ्ने भन्दै आफू बच्न र अरूलाई पनि बचाउन आफन्तजनहरूलाई विमानस्थलमा नआउन अनुरोध गरेको छ ।

त्यस्तै उड्डयन कायालयले विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामा बाहेक अन्य अवस्थामा भिजिट पास उपलब्ध नगराउन उल्लेख गरेको छ ।

त्यस्तै सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेसंगै आन्तरिक उडानका लागि एअरलायन्सहरुले यात्रुहरुलाई अनिवार्य खोप कार्ड बोक्न अनुरोध गरेको बताइन्छ ।

सम्बन्धित समाचार

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०७८ पुष २७, १३: ०३

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७८ पुष २७, १३: ०३

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७८ पुष २७, १३: ०३

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...