
काठमाडौ । बिहीबार थप ३ हजार ५ सय ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कूल १५ हजार ८१ वटा नमुना परीक्षणमा ३ हजार ५सय ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएको हो ।
मन्त्रालयका अनुसार १० हजार ४ सय ९८ जनाको पीसीआर र ४ हजार ५ सय ८३ जनाको एन्टीजेन विधिबाट परीक्षणको क्रममा ३ हजार ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २७१ जना कोरोना भाइरस संक्रमणबाट निको भएका छन् भने थप एक जनाको निधन भएको छ । बिहीबार थपिएसंगै हालसम्म कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको मन्त्रालयको तथ्याकंमा उल्लेख रहेको छ ।
त्यस्तै देशभर हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८ लाख १५ हजार ३ सय ४७ जना पुगेको छ भने मृतकको कुल संख्या ११ हजार ६ सय १० रहेको छ ।
मन्त्रालयका अनुसार देशभर १४ हजार ३ सय ४० जना सक्रिय संक्रमित रहेका छन् । यस मध्यमा १३ हजार ५ सय ३ जना होम आईसोलेसनमा, ८ सय ३७ जना संस्थागत आईसोलेसनमा, ११० जना आई.सी.युमा र २५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
उपत्यकामा कोरोनाको अवस्था
बिहीबार थपिएका कूल संक्रमित मध्य काठमाडौं जिल्लामा १ हजार ४ सय ४९ जनामा कोरोना संक्रमित रहेका छन् । त्यस्तै भक्तपुरमा १ सय ५० जना, ललितपुरमा ३ सय १७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...