बिहीबार थप ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

बिहीबार थप ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण

काठमाडौ‌ । बिहीबार थप ३ हजार ५ सय ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कूल १५ हजार ८१ वटा नमुना परीक्षणमा ३ हजार ५सय ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएको हो ।

मन्त्रालयका अनुसार १० हजार ४ सय ९८ जनाको पीसीआर र ४ हजार ५ सय ८३ जनाको एन्टीजेन विधिबाट परीक्षणको क्रममा ३ हजार ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २७१ जना कोरोना भाइरस संक्रमणबाट निको भएका छन् भने थप एक जनाको निधन भएको छ । बिहीबार थपिएसंगै हालसम्म कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको मन्त्रालयको तथ्याकंमा उल्लेख रहेको छ ।

त्यस्तै देशभर हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८ लाख १५ हजार ३ सय ४७ जना पुगेको छ भने मृतकको कुल संख्या ११ हजार ६ सय १० रहेको छ ।

मन्त्रालयका अनुसार देशभर १४ हजार ३ सय ४० जना सक्रिय संक्रमित रहेका छन् । यस मध्यमा १३ हजार ५ सय ३ जना होम आईसोलेसनमा, ८ सय ३७ जना संस्थागत आईसोलेसनमा, ११० जना आई.सी.युमा र २५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

उपत्यकामा कोरोनाको अवस्था
बिहीबार थपिएका कूल संक्रमित मध्य काठमाडौं जिल्लामा १ हजार ४ सय ४९ जनामा कोरोना संक्रमित रहेका छन् । त्यस्तै भक्तपुरमा १ सय ५० जना, ललितपुरमा ३ सय १७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७८ पुष २९, १६: २२

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता अपनाउन आग्रह
११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता अपनाउन आग्रह
  • २०७८ पुष २९, १६: २२

काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७८ पुष २९, १६: २२

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...