
काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचन स्वास्थ्य निर्देशिका पालना गरेर भए पनि हुने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कोभिड संक्रमण र संक्रमित मतदाता पनि हुनसक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिएको बताउदै संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गर्ने विषयमा आवश्यक सबै खालका तयारी गरेको जनाए ।
राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार विभिन्न जिल्लामा गएर मतदातासँग आवश्यक सम्पर्कमा रहेको र निर्वाचनलाई लक्षित गर्दै आयोगले कोभिडको समयमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्डका सन्दर्भमा आवश्यक निर्देशिका पनि तयार गरेर पठाइसकिएको उनले जानकारी दिए ।
माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि देशैभर २ हजार २२५ जना मतदाता रहेको आयोगले जनाएको छ ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...