
काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री जान्हवी कपुर चर्चामा छिन् । फिल्म ‘धडक’बाट बलिउडमा डेब्यू गरेकी जान्हवी सामाजिक सञ्जालमा पनि सक्रिय छन् ।
हरेक दिन फ्यानहरूका लागि आफ्ना बोल्ड र कूल तस्बिरहरू सेयर गरिरहेकी छन् । जान्हवीले अपलोड गरेको तस्बिर र भिडियोमा फ्यानहरुले निकै रुचाएको उनी बताउँछिन् ।
अभिनेत्रीले हालै सामाजिक सञ्जालमा आफ्नो एउटा नयाँ भिडियो र तस्वीर समेत सेयर गरेकी छिन् । आफ्नो आधिकारिक इन्स्टाग्राममा फोटोसुटको बीटीएस भिडियो सार्वजनिक गरेकी छिन् ।
भिडियोमा अभिनेत्री क्यामेराका लागि विभिन्न पोज दिइरहेको देखिन्छ । अभिनेत्रीको ग्ल्यामर स्टाइल देखेर फ्यानहरु फिदा भएका छन् । जान्हवी सुनौलो रंगको सर्ट ड्रेसमा देखिएकी छिन् ।
यो स्टाइलिस पहिरनसँगै अभिनेत्रीले मिल्दो झुम्का पनि लगाएकी छिन् । केही घण्टाअघि सेयर गरिएको यो भिडियोलाई अहिलेसम्म ५ लाख ६९ हजारभन्दा बढीले लाइक गरेका छन् ।
काठमाडौं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ । नितेश...
उदयपुर । उदयपुर जिल्लाको नेपाली कांग्रेस इतर समूहको जिल्ला अधिवेशनबाट बसन्त कुमार बस्नेत जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।...
काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर...