मेयरका उम्मेदवारले प्रयोग गरेको गाडीमा आगजनी – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

मेयरका उम्मेदवारले प्रयोग गरेको गाडीमा आगजनी

राकम कर्णाली । दैलेखको आठबीस नगरपालिकाको मेयरका उम्मेदवार तर्कबहादुर बडुवालले प्रयोग गरिरहेको बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

चालक गाडीभित्रै सुतिरहेको अवस्थामा गाडीमा आगजनी गरेको प्रहरीको भनाइ छ ।

आठबीस नगरपालिका– ४ राकम कर्णालीस्थित खोलीबजारको श्रिष्टी होटलको अगाडि पार्क गरी राखिएको स्कार्पियोमा राति अपराधिक समूहले आगजनी गरेको बताइएको छ ।

टायरमा आगो लागेको थाहा पाएपछि तत्कालै गाडी चालकले नजिकै रहेको खोलाको नहरमा पु¥याएर आगो निभाएको बताए ।

जस कारण गाडीमा धेरै क्षति हुन पाएन । घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय राकम कर्णालीले जनाएको छ ।

सम्बन्धित समाचार

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७९ बैशाख २६, ०९: २३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
  • २०७९ बैशाख २६, ०९: २३

काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...

संघीय संसदका तीन समितिको आज बैठक, चिकित्सा शिक्षा ऐन कार्यान्वयनदेखि वार्षिक कार्ययोजनासम्म छलफल
संघीय संसदका तीन समितिको आज बैठक, चिकित्सा शिक्षा ऐन कार्यान्वयनदेखि वार्षिक कार्ययोजनासम्म छलफल
  • २०७९ बैशाख २६, ०९: २३

काठमाडौं । संघीय संसदअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा...