रेमनदास श्रेष्ठले गरे विवाह – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

रेमनदास श्रेष्ठले गरे विवाह

नयाँ विकल्प,

काठमाडौं – अभिनेता रेमनदास श्रेष्ठले विवाह गरेका छन् । उनले जर्मनकी प्रेमिका जना मुद्रासँग केही अगाडि विवाह गरेका छन् । विवाहको पार्टी भने बिहीबार काठमाडौँ स्थित ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्टमा दिइएको छ ।

यो रेस्टुरेन्ट रेमनले अभिनेत्री नम्रता श्रेष्ठसँग मिलेर सञ्चालनमा ल्याएका थिए । रेमनले केही अगाडि विवाह गरे पनि पार्टी भने आज राखिएको उनका बुबा मदनदास श्रेष्ठले बताए । ​रेमन र जनाले विगत ५ वर्षभन्दा लामो प्रेम विवाहमा परिणत गरेको हुन् । रेमन कलाकार मदनदास श्रेष्ठका छोरा हुन् । उनले ‘जाइरा’, ‘द ब्रेकअप’, ‘आधा लभ’, ‘जालो’, ‘मेघा’, ‘कर्कस’, ‘भिसा गर्ल’ लगायत एक दर्जन फिल्म अभिनय गरेका छन् । पछिल्लो समय उनी टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’मा आबद्ध छन् ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७९ असार ३०, १७: ०८

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७९ असार ३०, १७: ०८

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७९ असार ३०, १७: ०८

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...