
धनकुटा । नेपाली कांग्रेसका दुई महामन्त्री तथा प्रभावशाली यूवा नेताहरुँंग आज काठमाण्डौमा नेपाली कांग्रेस धनकुटाका नेताहरुले भेटघाट गरी छलफल गरेका छन् । छलफलमा आगामी निर्वाचनमा कांग्रेसलाई जिताउने विश्वास दिलाएका छन ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई,जिल्ला सचिव विजय सन्तोषी राई, महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राया,सागुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र राई,धनकुटा नगरपालिाकाका कार्यपालिका सदस्य भोगेन्द्र राई,नेविसंघ धनकुटका जिल्ला उपाध्यक्ष बिर्मशमान अमात्य लगायतले नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन कुमार थापा, विश्व प्रकाश शर्मासँग भेटघाट गरी छलफल गरेका हुन् ।
साहीे अवसरमा धनकुटाका कांग्रेसका नेताहरुले आगामी मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा संघ र प्रदेशमा धनकुटामा कांग्रेसले जित्नेदावी गरे । महामन्त्रीद्धय थापा र शर्माले अव यूवाहरुले नयाँ ईतिहास निर्माण गर्न नयाँ ढंगबाट पार्टी संगठनमा लाग्न निर्देशन दिए । उनीहरुले धनकुटामा निर्वाचन जित्नका लागी समेत निर्देशन दिएको जिल्ला सचिव विजय सन्तोषी राईले विकल्पलाई बताए ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...