सात सुत्र र ‘जनताको साथमा कांग्रेस’ अभियान – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

सात सुत्र र ‘जनताको साथमा कांग्रेस’ अभियान

डा. प्रकाशसरण महत

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर पहिलो चरणमा यही भदौ १० गते देखि २४ गतेसम्म चुनावी अभियान सञ्चालन गर्ने भएको छ ।

यसैगरी दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णयक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने पार्टी कार्यालयमा शनिवार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले ‘जनताको साथमा कांग्रेस’ भन्ने अभियान घोषणा गरेको बताए ।

मंसिर ४ गते हुने प्रतिनिभिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न र मतदातालाई अपलि गर्ने, जनताको घर आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरुबारे जनताुँग विविध ढंगले अन्र्तरक्रिया गर्ने अभियानको उद्धेह्य रहेको कांग्रेस प्रवक्ता महतले बताए ।

कांग्रेसले पार्टीको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धी एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु—सुचित गर्ने उद्देश्य हाम्रो रहेको छ । 

कांग्रेसले पार्टीको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धी एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु—सुचित गर्ने जनाएको छ साथै निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने जनाएको छ ।

यस अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने र ७ प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति अभियानको प्रभावकारी सफलताका लागि आवश्यक अनुरुप पतिनिधि खटाउने व्यवस्था गरिएको बताइएको छ ।

अभियान शुरु हुनुभन्दा दुई दिनअघिदेखि नै केन्द्रीय प्रतिनिधिहरु खटिएको जिल्लामा पुग्ने र जिल्ला कार्यसमितिको बैठकमा ‘जनताको साथमा कांग्रेस’ अभियान कार्यक्रमबारे छलफल गरी १५ दिनसम्म चल्ने अभियानमा केन्द्रीय प्रतिनिधिहरु कम्तीमा पाँच दिन तोकिएको जिल्लामा विविध कार्यक्रममा सहभागी हुनुपर्ने कार्यक्रम तय गरिएको छ ।
जिल्लको सबै निर्वाचन क्षेत्र (एक मात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा दुवै प्रदेशसभा क्षेत्र) को निश्चिित कुनै कार्यक्रममा केन्द्रीय प्रतिनिधिहरुको सहभागीता रहने बताइएको छ ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लमा जिल्ला समिति र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा हरेक प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सहित त्यस क्षेत्र भित्रका महाधिवेशन-महासमिति-प्रदेश अधिवेशन प्रतिनिधि, गाउँ-नगरपालिका कार्यसमितिका सभापति,स्थानीय निर्वाचनमा निर्वाचित र निर्वाचन लडेका पालिका-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुख सहितको बैठक गरी पार्टी पंक्तिलाइए सानातिना विवाद र मतभेद भुलेर एक्यबद्ध भएर निर्वाचनमा होमिन प्रतिनिधिले समेत प्रेरित र अपिल गर्नुपर्ने निर्देशन कांग्रेसले दिएको छ ।
केन्दिय पतिनिधिले गठबन्धनमा रहेका दलबीच जिल्लामा समन्वय र सहकार्यको स्थिति मूल्याङ्कन गरी थप सहज बनाउन केन्द्रीय प्रतिनिधिले आवश्यक सहजीकरण गर्ने, निर्वाचनको आचारसहिंता लागू भएपछि इमानदारपूर्वक पालना गर्न पार्टी पंक्तिलाई प्रेरित र प्रतिस्पर्धी दलहरुलाई अपिल गर्ने जिम्मेवारी केन्द्रीय प्रतिनिधिलाई दिएको छ ।

केन्द्रिय प्रतिनिधिले अभियानका लागि स्थानीय स्थिति र आवश्यकताका आधारमा विविध थप कार्यक्रम तयार गर्न र सङ्गठित रुपले कार्यान्वयन गर्न-गराउन जिल्ला समिति एवं मातहतका समितिलाई सहजीकरण गर्ने र पार्टीको स्थानीय तहको विजय अभियानलाई असर पुग्ने ढंगले कुनै पनि गतिविधि पार्टीभित्र कोही कसैबाट आगामी निर्वाचनलाई असर पुग्ने गतिविधि भइरहेका सूचना छन् भने त्यसलाई गम्भीरतापूर्वक लिएर त्यसको विवरण संकलन गरी केन्द्र पठाउन समेत निर्देशन दिएको छ ।

अभियान अवधिमा आगामी निर्वाचनमा पार्टीलाई विजय गराउन व्यवस्थित ढंगले सम्पादन गर्नुपर्ने सात जरुरी कार्यहरुबारे पार्टीको आन्तरिक सर्कुलरमा जनाइएको छ । अभियान केन्द्रीकृत नभई विकेन्द्रित गरिने छ । यही भदौ १० गते अभियानको सुरुवात फरक फरक जिल्लामा भिन्न भिन्न स्वरुपमा सञ्चालन गरिने जनाइएको छ ।

जिल्लाको स्थानीय स्थिति, समय र सम्भावित प्रभावको आकलन गरेर केही जिल्लास्तरीय रुपमा, केही जिल्लाको निर्देशन अनुरुप क्षेत्रीय, प्रदेश क्षेत्रीय, पालिका वा जिल्लाभर एकैसाथ वडा तहमा उद्घाटन समारोह गरिने प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलनमा बताए ।

अभियानमा भातृ शुभेच्छुक संस्थाहरुको केन्द्रीय समिति क्रियाशील रहेका भातृ र शुभेच्छुक संस्थाहरुले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँड गरेर आफ्नोे संरचना परिचालन गर्ने, कतिपय भातृ-संघको नयाँ केन्द्रीय समिति गठन हुने क्रममा रहेको हुँदा गठन पूर्व ती संघ अन्तर्गत विभिन्न तहले स्थानीय पार्टी समितिको समन्वयमा अभियान परिचालन हुने बताइएको छ ।

भातृ र शुभेच्छुक संस्थाले आफ्नो संगठनको प्रकृति अनुसारको संरचना, खासगरी स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिने कांग्रेस पार्टी कार्यालयले जनाएको छ । नयाँ विकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७९ भाद्र ६, १३: ४३

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७९ भाद्र ६, १३: ४३

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०७९ भाद्र ६, १३: ४३

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...