
जाजरकोटका नेपाली कांग्रेसका युवा नेता राजिव विक्रम शाह नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा निर्वाचित भए । उनी एथलेटिक्सका अध्यक्ष समेत रहेका छन् । केन्द्रीय सदस्यमा निर्वाचित हुनु अगाडिदेखि जाजरकोटको विकासमा निरन्तर लागि पर्दै आएका शाहले जाजरकोट जिल्लामा आफ्नै खर्चमा ठूलो धनराशि खर्च गरेर अस्पताल निर्माण गरेका छन् । जाजरकोट भौगोलिक हिसाबले दुर्गम मानिन्छ । दुर्गम जिल्लालको जिल्ला वासिलाई स्वास्थ्य उपचारमा पहिलो प्राथमिकता दिन कुनै पनि राजनीतिक दलका नेताहरुले उद्धेश्य लिनुपर्ने हुन्छ नै । उनी जिल्लामा फैलिएको महामरी लगाएत झाडाबान्ताको समयमा काठमाडौंदेखि हेलिकप्टरमा स्वास्थ्य टोली र औषधी सामाग्री लिएर आफै जिल्लामा कुद्ने गरेका छन् । जिल्लावासीको स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकतामा राख्दै आएका शाहले स्वास्थ्य र शिक्षालाई नै पहिलो प्राथमिकता दिदैँ आएका छन् । २०७४ को संविधान सभा निर्वाचनमा उनी जाजरकोटबाट सविधान सभा सदस्यमा निर्वाचित भए पश्चात जिल्लाका हरेक विकास निर्माको कार्यमा लागि गर्दै आएका छन् । लगनशिल, बौद्धिक र मिजाशिला स्वभावका शाह जाजरकोट जिल्लाको कांग्रसकोे तर्फबाट संघीय संसदका लागि सिफारिस भए पनि पार्टीको आदेश अनुसार प्रदेशका लागि उम्मेदवार बन्न तयार भए । गठबन्धनका कारण कांग्रेसका धेरै हस्तीहरु मध्येका शाह प्रदेश विकासका लागि बौद्धिक व्यक्तिहरुको खाँचो भएको औँल्याउँछन् । आसन्न निर्वाचन र जिल्लाको समसामयिक विषयमा नयाँ विकल्प डटकमका विशेष संबाददाता गरेको संक्षिप्त कुराकानी :
आसन्न निर्वाचनमा तपाईले दाबी गरे अनुसार संघीय संसदको नेतृत्वको लागि दाबी गर्नु भएको थियो तर तपाई यतिबेला प्रदेश सांसदमा पनि चित्त बुझाउनु भयो किन ?
पार्टीमा लागि सकेपछि पार्टीको निर्णय मान्नुपर्छ । पार्टीले गरेको निर्णयमा हामी नेताले खुशी मान्नुपर्छ । किनकि पार्टी यतिबेला गठबन्धनमा छ । मैले संघमा नै जाने लक्ष्य लिएको थिए । किनभने ०७० मा संविधान सभामा निर्वाचित भइसकेको व्यक्ति हो म । तथापि त्यो पूरा हुन सकेन । मुलुकको विकास गर्नका लागि हामीले जुनसुकै ठाउँमा गएर पनि गर्न सक्छौं । गएको निर्वाचनपछि मलाई केही महसुस भयो कि हामी सबैले माथिमाथि ताक्ने, प्रदेश संरचनामा ध्यान नदिने, प्रदेश संसदलाई व्यवस्थित बनाउन क्षमतावान मानिसहरु नजाँदा प्रदेशको विकास हुन सकेन । तत्कालीन प्रधानमन्त्री शुशिल कोइरालाको नेतृत्वमा बनेको नेपालको संविधान अनुसार प्रदेशको विकास नभएको हुँदा जनतामा निराशा आउन थाल्यो । त्यसकारण पनि प्रदेशको बारेमा दुर्गम जिल्लादेखि सुगम जिल्लाका जनतालाई जति सक्दो विकास र सेवा प्रदान गर्न सके प्रदेशको स्थायित्व हुन्छ भन्ने लाग्छ । । संघले नीति नियम निर्माण गर्ने हो । विकास त प्रदेशबाटै सुरु गर्नुपर्छ । योजना तर्जुमा त दुर्गम जिल्लाबाटै सुरु गर्नुपर्छ । त्यसैले पनि मेरो मूल लक्ष्य भनेको मेरो जिल्ला र प्रदेशको विकास गर्ने र जनताको सेवा गर्ने हो भनेर हिँडेको हुँदा मेरो नेताहरुले मलाई प्रदेशमा पठाएकोमा म खुशी छु । प्रदेशको विकासको संरचनामा विना स्वार्थका साथ १० वटै जिल्लामा सेवा पुर्याउन सक्छु भन्ने मेरो प्रतिवद्धता तपाईको मिडिया मार्फत जाहेर गर्न चाहन्छु ।
कर्णली प्रदेशको शैक्षिक विकासका लागि तपाईका योजना कस्ता कस्ता छन् ? भावी योजना पनि बताइदिनु हुन्छ कि ?
हाल सञ्चालित कर्णालीका १० वटा जिल्लामा भएका सामुदायिक विद्यालयहरुको गुणस्तर विकासमा पहिलो प्राथमिकता दिनुपर्छ । किनकि नेपालको ७६ वटै जिल्लाको शैक्षिक गुणस्तर राम्रो भयो भने हाम्रा जिल्लावासी भाइ बहिनीहरु काठमाडौंको बोङिग स्कुलहरु धाउनु पर्दैन । आफ्नै जिल्लामा शैक्षिण गुणस्तरमा वृद्धि भयो भने यहाँका भाइ बहिनीले दुःख भोग्नु पर्दैन । त्यसैले मेरो पहिलो प्राथमिकता भनेको जिल्लाको शैक्षिक गुणस्तर वृद्धि गर्ने रहन्छ । र मेरो ध्यान पनि पहिलेदेखि नै त्यही क्षेत्रतर्फ लाग्दै आएको छ । गुणस्तरीय शिक्षाका लागि जिल्लाका शिक्षकहरुलाई पनि गुणस्तरीय तालिम लगाएत वृद्धि विकासमा ध्यान दिनुपर्ने हुन्छ । अनि शिक्षकहरु गुणस्तरीय तालिम र वृद्धि विकासमा सफल हुँदै गइसकेपछि विद्यार्थीहरुलाई पनि गुणस्तरीय शिक्षा दिन सक्नुहुन्छ । हामीले त्यो व्यवस्थापन गर्न नसकेर हो कि अथवा शिक्षकहरुलाई राजनीति बढी मन परेर हो जिल्लामा शिक्षकहरु बढी राजनीति गरिरहनु भएको छ । यसको अन्त हुन जरुरी छ । किनकि शिक्षकले गुणस्तरीय शिक्षा दिने हो राजनीति गर्ने होइन । अहिले हाम्रो शिक्षकहरुमा धेरै राजनीति गर्ने बानी भइरहेको छ । शिक्षकले गुरु भन्दा नेताको रोल खेलिरहनु भएको छ । अब शिक्षकले गुरुको रोल खेल्नुपर्दछ र राम्रो विद्यार्थी उत्पादन गर्नुपर्दछ । टिचर्स टेनिङ«ग प्रोग्राम सञ्चालन हुनुपर्छ र सँगसँगै विद्यार्थीहरुको काउन्सिलिङ सेसन सँगसँगै बढायो भने काठमाडौंका बोडिङ स्कुलसँग हाम्रा सरकारी स्कुलले प्रतिस्पर्धा गर्न सक्छन् । अर्को कुरा भनेको कर्णली प्रदेशमा कम्तीमा पनि एउटा गुणस्तरीय विश्वद्यिालय स्थापना गर्नुपर्छ । कर्णाली प्रदेशमा रहेको १० वटा जिल्लाका विद्यार्थीहरुले गुणस्तरीय विश्वविद्यालय शिक्षा पाउनुपर्छ भन्ने मेरो मुख्य लक्ष्य रहेको छ ।
नेपालको कर्णाली प्रदेशलाई पिछडिएको प्रदेश भनिन्छ, त्यसैले पनि तपाईले शिक्षा र स्वास्थ्यमा बढी ध्यान केन्द्रित भएको देखिन्छ तर समग्र कर्णली विकासका लागि तपाईको भावी योजना के छ ?
तपाईले नै कर्णाली प्रदेशलाई पिछडिएको भनि रहँदा म त्यसैले पनि समग्र कर्णाली विकासको लागि प्रदेश सांसदका लागि तयार भएको हो आफ्नो गाउँ आफ्नो ठाउँ विकास गर्दा मनमा आनन्द हुने र यहाँका जनता लाभान्वित हुने हुँदा कर्णालीको संरचनाहरु नै नयाँ बनाउनु पर्ने हुन्छ । यहाँको बाटोघाटो, सडक, पुल, विद्युत लगाएत स्कुल, कलेज आदि धेरै संरचना निर्माण गर्नुपर्ने मैले देखेको छु । त्यसैले यहाँका मानिसहरुको सोचलाई नै विकास गर्नुपर्ने हुँदा म यहाँका जिल्ला वासिहरुसँग चिरपरिचित भएको नाताले प्रदेशको हरेक व्यवहारिक र व्यवसायिक विकासमा लागिपर्दै जाने छु । सँगसँगै यहाँको बासिन्दाको मेनपावरको सोचलाई पनि विकास गर्नुपर्दछ । मानवीय विकास राम्रो स्कुुल, कलेजबाट उत्पादन गर्न सकिन्छ । हरेक पालिकामा अस्पताल खोल्छु भनेर मात्र भएन त्यसका लागि दक्ष जनशक्तिको उत्पादन गर्नु जरुरी छ । कर्णाली प्रदेशको पूर्वाधार विकासका लागि सबै राजनीतिक दलहरुसँग सहकार्य रहनेछ । र सबै मिलेर कर्णालीको विकासमा लागिपर्नका लागि म अनुरोध गर्दछु ।

काठमाडौं : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । पछिल्लो समय गोरखा...
काठमाडौँ : चितवन-२ बाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्...
काठमाडौं।भावी प्रधानन्यायाधीशका निम्ति न्याय परिषद्ले सर्वोच्च अदालतका ६ न्यायाधीशको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको छ । न्याय परिषद्ले योग्यता पुगेका...