बार्सिलोन शीर्षस्थानमा – Naya Bikalpa
May 16, 2024, Thursday

बार्सिलोन शीर्षस्थानमा

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले अल्मेरियालाई २–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउनको लागि औसमाने डेम्बेले र फ्रान्की डि जोङले समान एक–एक गोल गरे ।

दुवै गोल दोस्रो हाफमा भएको थियो । पहिलो हाफको सातौं मिनेटमा रोबर्ट लेवानडोस्की पेनाल्टीमा चुक्दा बार्सिलोना अग्रता लिन सकेन । त्यसपछि बार्सिलोनाले गोलको लागि दोस्रो हाफ नै कुर्नुप¥यो । ४८औं मिनेटमा डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए ।

६२औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बार्सिलोनाले जित्यो । यस जितसँगै बार्सिलोना १३ खेलबाट ३४ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाले एक खेल कम खेलेको रियल म्याड्रिडलाई २ अंकले पछि पारेको छ । १२ खेलबाट रियलको ३२ अंक छ । पराजित अल्मेरिया १३ अंक जोडेर १५औं स्थानमा छ ।

सम्बन्धित समाचार

अदालतले सफाई दिएसँगै क्यानले गर्यो सन्दीपलाई फुकुवा
अदालतले सफाई दिएसँगै क्यानले गर्यो सन्दीपलाई फुकुवा
  • २०७९ कार्तिक २०, ०७: ०१

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ। उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ...

पेट्रोलको मुल्य लिटरमै ७ रुपैयाँले घट्यो
पेट्रोलको मुल्य लिटरमै ७ रुपैयाँले घट्यो
  • २०७९ कार्तिक २०, ०७: ०१

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले...

क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट पाए बलात्कार मुद्धामा सफाई
क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट पाए बलात्कार मुद्धामा सफाई
  • २०७९ कार्तिक २०, ०७: ०१

काठमाडौं। नेपालका प्रसिद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएको छन्। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...