बार्सिलोन शीर्षस्थानमा – Naya Bikalpa
August 5, 2026, Wednesday      Epaper

बार्सिलोन शीर्षस्थानमा

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले अल्मेरियालाई २–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउनको लागि औसमाने डेम्बेले र फ्रान्की डि जोङले समान एक–एक गोल गरे ।

दुवै गोल दोस्रो हाफमा भएको थियो । पहिलो हाफको सातौं मिनेटमा रोबर्ट लेवानडोस्की पेनाल्टीमा चुक्दा बार्सिलोना अग्रता लिन सकेन । त्यसपछि बार्सिलोनाले गोलको लागि दोस्रो हाफ नै कुर्नुप¥यो । ४८औं मिनेटमा डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए ।

६२औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बार्सिलोनाले जित्यो । यस जितसँगै बार्सिलोना १३ खेलबाट ३४ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाले एक खेल कम खेलेको रियल म्याड्रिडलाई २ अंकले पछि पारेको छ । १२ खेलबाट रियलको ३२ अंक छ । पराजित अल्मेरिया १३ अंक जोडेर १५औं स्थानमा छ ।

सम्बन्धित समाचार

एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ : मन्त्रालय
एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ : मन्त्रालय
  • २०७९ कार्तिक २०, ०७: ०१

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ ।...

आज यी स्थानमा वर्षा हुने
आज यी स्थानमा वर्षा हुने
  • २०७९ कार्तिक २०, ०७: ०१

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई...

सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले सहयोग गरेनन् : मन्त्री रावल
सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले सहयोग गरेनन् : मन्त्री रावल
  • २०७९ कार्तिक २०, ०७: ०१

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्वासीका समस्या समाधानमा सरकार गम्भीर...