दलिय शासनमा स्वतन्त्रभन्दा दलकै उम्मेदवार जिम्मेवार – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

दलिय शासनमा स्वतन्त्रभन्दा दलकै उम्मेदवार जिम्मेवार

बहुदलिय प्रतिष्पर्धात्मक शासन प्रणाली अँगालेका हरेक मुलुकमा स्वतन्त्र व्यक्तिको तुलनामा राजनीतिक दलको भूमिका बढी जिम्मेवार हुने गर्छ । राजनीतिक दल भित्रका कुनै नेता वा कुनै बेला कोही नेता खराब भयो भन्दैमा स्वतन्त्रहरुले बहुदलिय प्रजातान्त्रिक शाषन प्रणाली अपनाएका देशहरुमा शासन गर्न सक्दैनन् । कुनै दलको नेताहरु खराब भए भने त्यसको बिकल्प त्यही दल वा अन्य दलको असल नेताले नै देशको नेतृत्व गर्ने हो ।

राजनीतिक दल र दलका नेताहरुले खराव काम गरे भने वा मुलुकमा सुशासन कायम गर्न नसकी जनमतको दुरुपयोग गरेमा स्वतन्त्र नागरिकले त्यसको बिरोध गर्न वा खबरदारी गर्न सक्छन् । कुनै संसदीय प्रणाली अपनाएका देशमा यदि कुनै व्यक्ति विशेषले राजनीतिक दललाई भ्रममा पारेर वा झुक्याएर दलको तर्फबाट उम्मेदवार हुन सक्छन् । त्यस्तो बेला असल चरित्र वा राजनीतिलाई ठीक बाटोमा ल्याउन सक्ने दृष्टिकोण भएको स्वतन्त्र व्यक्तिले प्रतिष्पर्धा गर्न सक्छ ।

गैरदलिय प्रतिष्पर्धाले बहुदलिय व्यवस्थामा राजनीतिक स्थायीत्व भने ल्याउन सक्दैन । त्यसैले समान बिचारधारा वा दृष्टिकोण भएका, समान उदेश्य वा कार्यक्रम लिएर अघि बढेका व्यक्तिहरु संगठीत भएर राजनीतिक दल गठन गरेरै राजनीतिमा प्रवेश गर्छन । राजनीतिक दल गठन नगरी राजनीतिमा प्रवेश गर्ने स्वतन्त्रहरुको योजना, नीति, कार्यक्रम वा दृष्टिकोण दीर्घकालिन हुन सक्दैन । कुनै व्यक्ति विशेष कमजोर उम्मेदवारालाई राजनीतिक दलले अघि सारेको अवस्थामा त्यसलाई प्रतिष्थापना गर्न सक्छु भन्ने आँट, क्षमता, योग्यता र दृष्टिकोण भएको व्यक्तिले एक पटक प्रतिष्पर्धामा भाग लिनुलाई उपयुक्त मान्न सकिन्छ ।

स्वतन्त्र उम्मेदवारहरुको भूमिका भने दबाबमुलक हुन्छ । उनीहरुको भूमिका नेतृत्वदायी हुन सक्दैन । भए पनि त्यो क्षणिक हुन्छ । उनीहरुलाई पनि राजनीतिक दलको संस्थागत समर्थन, सहयोग र साथ चाहिन्छ । यदि स्थानीय तह, प्रदेश तह वा संघीय संसदमा स्वतन्त्र व्यक्तिहरु जनप्रतिनिधि भएर हाउसमा पुगे भने त्यसले सरकार बनाउन सक्दैन । यदि कर्थकदाचित स्वतन्त्रको नेतृत्वमा सरकार गठन भए पनि त्यो स्थायी हुनसक्दैन ।

स्वतन्त्र जनप्रतिनिधिहरु आफ्ना मतादाताप्रति मात्र उत्तरदायी हुन्छन् भने राजनीतिक दलबाट उम्मेदवार भएर विजयी भएको व्यक्ति निर्वाचन क्षेत्रका मतदाताका साथै आफूलाई आधिकारिक उम्मेदवारको टिकट दिने राजनीतिक दलप्रति जिम्मेवार र उत्तरदायी हुन्छ । यदि स्वतन्त्र उम्मेदवारले मतदाताप्रति गैरजिम्मेवार कार्य गरे भने उसलाई बदल्न अर्को निर्वाचन पर्खनु पर्छ तर राजनीतिक दलबाट उम्मेदवार भइ निर्वाचित भएको जनप्रतिनिधिले अनुशासन उल्लंघन गर्यो वा जनताप्रति जिम्मेवार भएर आफ्नो भूमिका निर्वाह गरेनन् भने राजनीतिक दलले कारबाही गर्न, सचेत गराउन वा परिवर्तन गर्न पनि सक्छ ।

त्यसैले स्वतन्त्रको लहडमा लाग्नुभन्दा जिम्मेवार राजनीतिक दलका तुलनात्मक रुपमा उत्कृष्ठ उम्मेदवारलाई छनोट गर्नु बुद्धिमानी हुन्छ । गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर, धरान र धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवारले जित्नुको पछि सबै स्वतन्त्र उम्मेदवारहरु लोकप्रीय वा जनताप्रति उत्तरदायी हुन्छन भन्ने होइन । बालेन शाह, हर्क राई वा गोपी हमालले निर्वाचन जित्नुको पछि राजनीतिक दलहरुले योग्य उम्मेदवारको छनोट गर्न नसक्नु हो ।

त्यसैले जनप्रतिनिधिहरु भनेको बिचार, दृष्टिकोण र संगठनबाट बाँधिएको हुनु पर्छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय संसदको निर्वाचनमा पनि सम्भव भएसम्म राजनीतिक दलका योग्य उम्मेदवारलाई छनोट गर्नु नै शासन प्रणाली सुहाउँदो अभियान हो भनेर स्वीकार्नु अतिसयोक्ति होईन । तर प्रजातन्त्रमा हरेक व्यक्तिको प्रतिष्पर्धा गर्ने अधिकार र अवसरलाई भने बन्देज लगाउनु हुँदैन ।

सम्बन्धित समाचार

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७९ कार्तिक ३०, १३: २५

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०७९ कार्तिक ३०, १३: २५

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...

निर्वाचनको समीक्षा गर विवादमा नअल्मलेऊ
निर्वाचनको समीक्षा गर विवादमा नअल्मलेऊ
  • २०७९ कार्तिक ३०, १३: २५

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मुलुककै सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेसले नराम्ररी पराजय भोग्नु पर्यो । पछिल्लो...