
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीलाई मातृशोक परेको छ । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुुक्रबार बिहान निधन भएको हो ।
स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शुक्रबार बिहान स्थानीय समय अनुसार साडे तीन बजे निधन भएको जनाइएको छ ।
आफ्नी आमाको निधनमा प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भगवानको चरणमा एक गौरवशाली शताब्दीको अन्त्य भएको बताएका छन् ।
‘भगवानको चरणमा एक गौरवशाली शताब्दीको अन्त्य‘ आमामा मैले सधैं त्यो त्रिमूर्ति महसुस गरेको छु, जसमा एक तपस्वीको यात्रा समावेश छ, निस्वार्थ कर्मयोगीको प्रतीक र मूल्य मान्यताप्रति प्रतिबद्ध जीवन’, उनले अगाडि लेखेका छन्, ‘उहाँको सयौं जन्मदिनमा भेट्दा उहाँले एउटा कुरा भन्नुभएको थियो, जुन म सधैं सम्झन्छु– बुद्धिमानीपूर्वक काम गर र पवित्रताका साथ जीवन बिताउने गर ।
यस वर्षको १८ जुनमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको १०० औं जन्मदिन मनाएका थिए । हीराबेन गान्धीनगर सहर नजिकैको रायसान गाउँमा प्रधानमन्त्री मोदीका भाइ पंकज मोदीसँग बस्दै आएकी थिइन् ।

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...