भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीलाई मातृशोक परेको छ । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुुक्रबार बिहान निधन भएको हो ।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शुक्रबार बिहान स्थानीय समय अनुसार साडे तीन बजे निधन भएको जनाइएको छ ।

आफ्नी आमाको निधनमा प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भगवानको चरणमा एक गौरवशाली शताब्दीको अन्त्य भएको बताएका छन् ।

‘भगवानको चरणमा एक गौरवशाली शताब्दीको अन्त्य‘ आमामा मैले सधैं त्यो त्रिमूर्ति महसुस गरेको छु, जसमा एक तपस्वीको यात्रा समावेश छ, निस्वार्थ कर्मयोगीको प्रतीक र मूल्य मान्यताप्रति प्रतिबद्ध जीवन’, उनले अगाडि लेखेका छन्, ‘उहाँको सयौं जन्मदिनमा भेट्दा उहाँले एउटा कुरा भन्नुभएको थियो, जुन म सधैं सम्झन्छु– बुद्धिमानीपूर्वक काम गर र पवित्रताका साथ जीवन बिताउने गर ।

यस वर्षको १८ जुनमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको १०० औं जन्मदिन मनाएका थिए । हीराबेन गान्धीनगर सहर नजिकैको रायसान गाउँमा प्रधानमन्त्री मोदीका भाइ पंकज मोदीसँग बस्दै आएकी थिइन् ।

सम्बन्धित समाचार

आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा
आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा
  • २०७९ पुष १५, १०: १४

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा सरकारका तर्फबाट विभिन्न महत्वपूर्ण...

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ पुष १५, १०: १४

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ...

आज प्रतिनिधिसभाको बैठक बस्दै
आज प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७९ पुष १५, १०: १४

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा...