आएरल्याण्डको एनआरएनएको अध्यक्षमा मिलन – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

आएरल्याण्डको एनआरएनएको अध्यक्षमा मिलन

सुवेश दवाडी
डब्लिन । यतिबेला अन्तर्राष्ट्रिय जगतमा बसोबास गर्दै आएका नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनएको निर्वाचन धमाधम सम्पन्न भईरहेका छन् ।

“सहमति समझदारी र एकता तथा परिवर्तनको लागि नयाँ अनुहारको” नारा दिएर यही अगस्ट १९ तारिक २०१९ (२०७६ भाद्र २ गते) आएरल्याण्डमा भएको एनआरएनएको सातौं अधिवेशनले मिलन छन्त्यालको अध्यक्षतामा १३ जनाको कार्यसमिति निर्वाचित भएको छ ।

जसअनुसारः अध्यक्षमाः मिलन छन्त्याल, उपाध्यक्षमा राम प्रसाद सापकोटा र अभेद्य पाणि गौतम, महिला उपाध्यक्षमा सुनिता कार्की, महासचिवमा ओम अधिकारी, कोषाअध्यक्षमा सुमन गुरुङ्ग, सचिवमा प्रेम प्रसाद घले, सह–कोषाध्यक्षमा जयन्द्र राना तथा महिला सदस्यमा करुणा थापा र अन्य निर्वाचित सदस्यहरुमा बाबुकृष्ण खतिवडा, दिपा राई, निशान्त शर्मा, प्रकाश तामाङ र पुस्कर बोम्जन निर्वाचित भएका छन् ।

त्यसैगरी आइसिसि सदस्यमा विनोद कार्की र महिला संयोजकमा अन्जु काफ्ले र युवा संयोजकमा अनिश भण्डारी निर्बिरोध निर्वाचित भएको हाम्रा आयरल्याण्ड संवाददाता सुवेश दवाडीले नयाँ बिकल्प अनलाइनलाई बताए ।

सातौ साधारण सभाको समापन पश्चात् निर्वाचित अध्यक्ष मिलन छन्त्यालले निवर्तमान एवं पूर्व अध्यक्षहरु सबैलाई धन्यवाद व्यक्त गर्दै पर्यटन वर्ष २०२० लाई सहयोग पु¥याउन पर्यटन प्रवद्र्धन गर्न प्रमुख भुमिका निभाउने र आयरल्याण्ड लगायत युरोपसँग खेलकुदको क्षेत्रमा कार्य गर्ने बताए । तत्कालै युरोपियन फुटबल प्रतियोगिता गर्न कार्य थालिने बताए । त्यसैगरी आयरल्याण्डमा आएर बसेका नेपाली दाजुभाईहरुको संघ–संस्था लगायत नेपाली दाजुभाईहरुसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत निर्वाचित अध्यक्ष मिलन छन्त्यालले व्यक्त गरे ।

समापन कार्यक्रममा निवर्तमान अध्यक्ष नवराज कोइराला, निवर्तमान महासचिव उज्ज्वल होम्बाले, पूर्व अध्यक्षहरु गणेश युसाङ्गे, राजन काफ्ले लगायत आयरल्याण्डमा बसोबास गर्दै आएका नेपाली दाजुभाईहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । सातौं अधिवेशनमा निर्वाचन प्रमुखकको भुमिकामा पूर्व अध्यक्ष शुक्रराज न्यौपाने रहेका थिए भने सदस्यहरुमाः शुक्मन लामा, बलरामा तामाङ्ग र संजय अधिकारीले निर्वाचनलाई सहज रुपमा सम्पन्न गरेका थिए ।

सो सातौं साधारण सभाका प्रमुख अतिथि गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्य रहेका थिए । प्रमुख अतिथि आचार्यले मन्तव्यको क्रममा निर्वाचितहरुलाई बधाई दिँदै निर्वाचनमा प्रतिस्पर्धा हुनु नराम्रो कुरा होइन भन्दै आगामी दिनमा एनआरएनए आयरल्याण्डले नेपाली दाजुभाईहरुलाई सक्दो सहयोग गर्न समेत आग्रह गरे ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७६ भाद्र ५, १०: २०

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७६ भाद्र ५, १०: २०

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७६ भाद्र ५, १०: २०

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...