विगत २४ वर्षमा यति एयरलाइन्सका १४ वटा विमान दुर्घटना भएको विवरणलाई सरसर्ती हेर्ने हो भने यो एयरलाइन्सर नेपालको हवाई यातायातको क्षेत्रलाई जोखिमपूर्ण भएको देखाउँछ । विगतमा यति एयरलाईन्सका १४ वटा ठूला दुर्घटनाबाट यति एयरलाइन्सले आफ्ना दुई संचालक मात्र होइन, सयौं यात्रुले ज्यान गुमाई सकेका छन् । साना दुर्घटना वा नागरिकको हताहती नभएका घटनालाई हेर्ने हो भने यो एयरलाइन्सको सेवा नेपालीको लागि खतराको संकेत देखिएको छ ।
यति एयरलाइन्सका विमान दुर्घटनापछि हरेक सरकारले हवाई यातायातलाई कसरी सुरक्षित गर्ने भनेर छलफल चलाउने, सुरक्षित हवाई सेवा संचालन गर्न प्रधानमन्त्री र नागरिक उड्डयन मन्त्रीले दिर्नेशन दिने अनि र्दुघटना अध्ययन समिति गठन गर्ने कार्य नजिर मात्र होइन, प्रचलनको रुपमा देखिएको छ । सरकारले दुर्घटना न्युनिकरणको लागि गाम्भिर्यता देखाउन मृतकप्रति सवेदना दिने, उद्धार गर्न निर्देशन दिने, राहतको लागि निर्देशन दिएको प्रचार गर्ने संस्कारको रुपमा विकसित भएको छ ।
हवाई दुर्घटनालाई नियन्त्रण गर्न वा कम गर्न आवश्यक कदम चाल्न, कानून, नियम वा निर्देशिका बनाउने र त्यसलाई पालना गराउने विषयमा कुनै योजना सुनाउन नसकेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शोकाकुल परिवारजनलाई सान्त्वना दिन माघ २ गते सोमबार सार्वजनिक बिदा दिएर सस्तो प्रचार गरेको पाइन्छ । सरकारको यो कदमले आगामी दिनमा हुन सक्ने सम्भावित हवाई दुर्घटनालाई नियन्त्रण गर्न कुनै र खास सहयोग गर्दैन ।
सरकारले मृतकका परिवारजनप्रति भने विभिन्न माध्यमबाट समवेदना प्रकट गर्न प्रतिष्पर्धा गरेको छ । मन्त्रीपरिषद्देखि सरकारमा सहभागी भएका सबै दलको अध्यक्षको हैसियतले वा मन्त्रीको हैसियतले समवेदना दिनमा प्रतिष्पर्धा देखिन्छ ।
छानबिन समिति गठनसँगै त्यसको कारण पत्ता लगाएर हवाई यातायातलाई सुरक्षित बनाउन कोसिस गर्ने भनेर सरकारका मन्त्रीले प्रचार गर्छन तर यस्ता अध्ययन समितिले प्रतिवेदन कहिले दिन्छन् । दिएका प्रतिवेदनमा के उल्लेख भएको हुन्छ ? भनेर कहिल्यै सार्वजनिक गरेको पाइँदैन् । सार्वजनिक नगरे पनि छानबिन समितिले सुझाएका सुझावलाई कार्यान्वयन गर्न के के कदम चालेको भनेर स्पस्ट पारिँदैन । नयाँ विकल्प साप्ताहिकबाट
नेपालको पुरानो र ठूलो राजनीतिक दल नेपाली कांग्रेसको संस्थापकमध्येका एक नेता हुन्, विश्वेश्वर प्रसाद कोइराला । जसको ११०औं जन्मजयन्तीका दिन...
केही दिन यता नेपाली सेनाको विषयलाई लिएर सार्वजनिक टिकाटिप्पणी गरिँदैछ । सेना अर्थात देश र देशवासीको रक्षा र सुरक्षाको लागि...
यो वर्षको मनसुन शुरुवातसँगै देशका विभिन्न भागमा भारी वर्षातपछि आएको बाढी र पहिरोबाट जन–धनको क्षति हुन थालेको छ । यस्तो...