हवाई सेवामा किन देखिँदैछ जोखिम ? – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

हवाई सेवामा किन देखिँदैछ जोखिम ?

विगत २४ वर्षमा यति एयरलाइन्सका १४ वटा विमान दुर्घटना भएको विवरणलाई सरसर्ती हेर्ने हो भने यो एयरलाइन्सर नेपालको हवाई यातायातको क्षेत्रलाई जोखिमपूर्ण भएको देखाउँछ । विगतमा यति एयरलाईन्सका १४ वटा ठूला दुर्घटनाबाट यति एयरलाइन्सले आफ्ना दुई संचालक मात्र होइन, सयौं यात्रुले ज्यान गुमाई सकेका छन् । साना दुर्घटना वा नागरिकको हताहती नभएका घटनालाई हेर्ने हो भने यो एयरलाइन्सको सेवा नेपालीको लागि खतराको संकेत देखिएको छ ।

यति एयरलाइन्सका विमान दुर्घटनापछि हरेक सरकारले हवाई यातायातलाई कसरी सुरक्षित गर्ने भनेर छलफल चलाउने, सुरक्षित हवाई सेवा संचालन गर्न प्रधानमन्त्री र नागरिक उड्डयन मन्त्रीले दिर्नेशन दिने अनि र्दुघटना अध्ययन समिति गठन गर्ने कार्य नजिर मात्र होइन, प्रचलनको रुपमा देखिएको छ । सरकारले दुर्घटना न्युनिकरणको लागि गाम्भिर्यता देखाउन मृतकप्रति सवेदना दिने, उद्धार गर्न निर्देशन दिने, राहतको लागि निर्देशन दिएको प्रचार गर्ने संस्कारको रुपमा विकसित भएको छ ।

हवाई दुर्घटनालाई नियन्त्रण गर्न वा कम गर्न आवश्यक कदम चाल्न, कानून, नियम वा निर्देशिका बनाउने र त्यसलाई पालना गराउने विषयमा कुनै योजना सुनाउन नसकेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शोकाकुल परिवारजनलाई सान्त्वना दिन माघ २ गते सोमबार सार्वजनिक बिदा दिएर सस्तो प्रचार गरेको पाइन्छ । सरकारको यो कदमले आगामी दिनमा हुन सक्ने सम्भावित हवाई दुर्घटनालाई नियन्त्रण गर्न कुनै र खास सहयोग गर्दैन ।

सरकारले मृतकका परिवारजनप्रति भने विभिन्न माध्यमबाट समवेदना प्रकट गर्न प्रतिष्पर्धा गरेको छ । मन्त्रीपरिषद्देखि सरकारमा सहभागी भएका सबै दलको अध्यक्षको हैसियतले वा मन्त्रीको हैसियतले समवेदना दिनमा प्रतिष्पर्धा देखिन्छ ।
छानबिन समिति गठनसँगै त्यसको कारण पत्ता लगाएर हवाई यातायातलाई सुरक्षित बनाउन कोसिस गर्ने भनेर सरकारका मन्त्रीले प्रचार गर्छन तर यस्ता अध्ययन समितिले प्रतिवेदन कहिले दिन्छन् । दिएका प्रतिवेदनमा के उल्लेख भएको हुन्छ ? भनेर कहिल्यै सार्वजनिक गरेको पाइँदैन् । सार्वजनिक नगरे पनि छानबिन समितिले सुझाएका सुझावलाई कार्यान्वयन गर्न के के कदम चालेको भनेर स्पस्ट पारिँदैन । नयाँ विकल्प साप्ताहिकबाट

 

सम्बन्धित समाचार

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७९ माघ २, १७: ०५

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०७९ माघ २, १७: ०५

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...

निर्वाचनको समीक्षा गर विवादमा नअल्मलेऊ
निर्वाचनको समीक्षा गर विवादमा नअल्मलेऊ
  • २०७९ माघ २, १७: ०५

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मुलुककै सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेसले नराम्ररी पराजय भोग्नु पर्यो । पछिल्लो...