चन्द्रागिरीद्वारा प्रेसर र सुगरका ६० कटेका नगरवासीलाई नगद अनुदान – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

चन्द्रागिरीद्वारा प्रेसर र सुगरका ६० कटेका नगरवासीलाई नगद अनुदान

काठमाडौं । काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिकाले ६० वर्ष उमेर पुगेका प्रेसर (उच्चरक्तचाप) र सुगर (मधुमेह)बाट प्रभावित नगरवासीलाई औषधी खर्च बापत मासिक अनुदान दिने भएको छ ।

६० वर्ष माथिका नगरका जेष्ठ नागरिकलाई औषधि खर्च नगद अनुदान कार्यविधि, २०७९ जारी गर्दै नगरकार्यपालिकाले प्रत्येक नगरवासीलाई घर घरमा नगद अनुदान दिने निर्णय भएको नगर प्रमुख घनश्याम गिरीले बताए ।

राष्ट्रिय स्वास्थ्य नीति २०७६ अनुसार स्थानीय तहबाट आवश्यकता अनुसार नीतिगत निर्णय गरि आधारभुत स्वास्थ्य सेवा सुनिश्चत गर्न सक्ने व्यवस्था भए अनुसार चन्द्रागिरि नगरपालिकाले नगद अनुदान लाभग्राहीले प्राप्त गर्ने भएका हुन् ।

नगरपालिकाले सुगर र प्रेसरमध्ये कुनै एक रोग लागेको व्यक्तिका लागि अनुदान रकम प्रतिव्यक्ति प्रतिमहिना चार सय रुपैयाँ प्रदान गरिने जनाएको छ ।

नगरपालिकाले सुगर र प्रेसर दुवै रोगबाट प्रभावित नागरिकलाई भने मासिक आठ सय रुपैयाँ अनुदान दिने र त्यस्तो नगद अनुदान रकम लाभग्राहीको बैंकको खातामा जम्मा गरिने बताइएको छ ।

नगरपालिकाले हालसम्म नगरपालिकामा स्थायी बसोबास गर्ने ६० वर्ष उमेर कटेका सात हजार नगरवासीको पहिचान भएको र नगरले एक करोड ५० लाख रुपैयाँ बरबरको औषधि खरिद गरेको थियो ।

नगरपालिकाले एक करोड ५० लाख मुल्य बराबरको सुगर र प्रेसरको औषधि खरिद गरे पनि चिकित्सकको प्रेसक्रिप्सन (सिफारिस) बमोजिम नगरवासीले सेवन गर्ने औषधी फरक परेपछि नगद नै अनुदान दिने निर्णय भएको नगरप्रमुख गिरीले बताए ।

चिकित्सकको सिफारिस बमोजिम सुगर र प्रेसरको फरक फरक औषधी खाईरहेका नगरका ज्येष्ठ नागरिकलाई औषधि अनुदानस्वरुप वितरण गर्दा दुई करोड ७५ लाख रुपैयाँ लागत देखिएपछि नगद नै अनुदान दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

नगरवासीले नगरपालिकाबाट यस्तो स्वास्थ्य सेवाको अनुदान प्राप्त गर्न नगरपालिका क्षेत्रमा स्थायी बसोबास गरेको वा बसाईं सरेर आएको प्रमाणीत प्रति र त्यस्तो औषधि सेवन गर्न मान्यताप्राप्त चिकित्सकले सिफारिस गरेको प्रमाण पेश गर्नु पर्ने व्यवस्था नगरपालिकाले गरेको छ ।

सम्बन्धित समाचार

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०७९ माघ ५, १७: १३

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...

सातबुँदे प्रस्ताव नै एकताको महाधिवेशन !
सातबुँदे प्रस्ताव नै एकताको महाधिवेशन !
  • २०७९ माघ ५, १७: १३

काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुको भरपुर असहयोगका बीच नेपाली कांग्रेसमा उल्लेख्य संख्याले क्रियाशील सदस्यता अद्यावधिक भएको छ...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७९ माघ ५, १७: १३

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...