काठमाडौं । काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिकाले ६० वर्ष उमेर पुगेका प्रेसर (उच्चरक्तचाप) र सुगर (मधुमेह)बाट प्रभावित नगरवासीलाई औषधी खर्च बापत मासिक अनुदान दिने भएको छ ।
६० वर्ष माथिका नगरका जेष्ठ नागरिकलाई औषधि खर्च नगद अनुदान कार्यविधि, २०७९ जारी गर्दै नगरकार्यपालिकाले प्रत्येक नगरवासीलाई घर घरमा नगद अनुदान दिने निर्णय भएको नगर प्रमुख घनश्याम गिरीले बताए ।
राष्ट्रिय स्वास्थ्य नीति २०७६ अनुसार स्थानीय तहबाट आवश्यकता अनुसार नीतिगत निर्णय गरि आधारभुत स्वास्थ्य सेवा सुनिश्चत गर्न सक्ने व्यवस्था भए अनुसार चन्द्रागिरि नगरपालिकाले नगद अनुदान लाभग्राहीले प्राप्त गर्ने भएका हुन् ।
नगरपालिकाले सुगर र प्रेसरमध्ये कुनै एक रोग लागेको व्यक्तिका लागि अनुदान रकम प्रतिव्यक्ति प्रतिमहिना चार सय रुपैयाँ प्रदान गरिने जनाएको छ ।
नगरपालिकाले सुगर र प्रेसर दुवै रोगबाट प्रभावित नागरिकलाई भने मासिक आठ सय रुपैयाँ अनुदान दिने र त्यस्तो नगद अनुदान रकम लाभग्राहीको बैंकको खातामा जम्मा गरिने बताइएको छ ।
नगरपालिकाले हालसम्म नगरपालिकामा स्थायी बसोबास गर्ने ६० वर्ष उमेर कटेका सात हजार नगरवासीको पहिचान भएको र नगरले एक करोड ५० लाख रुपैयाँ बरबरको औषधि खरिद गरेको थियो ।
नगरपालिकाले एक करोड ५० लाख मुल्य बराबरको सुगर र प्रेसरको औषधि खरिद गरे पनि चिकित्सकको प्रेसक्रिप्सन (सिफारिस) बमोजिम नगरवासीले सेवन गर्ने औषधी फरक परेपछि नगद नै अनुदान दिने निर्णय भएको नगरप्रमुख गिरीले बताए ।
चिकित्सकको सिफारिस बमोजिम सुगर र प्रेसरको फरक फरक औषधी खाईरहेका नगरका ज्येष्ठ नागरिकलाई औषधि अनुदानस्वरुप वितरण गर्दा दुई करोड ७५ लाख रुपैयाँ लागत देखिएपछि नगद नै अनुदान दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
नगरवासीले नगरपालिकाबाट यस्तो स्वास्थ्य सेवाको अनुदान प्राप्त गर्न नगरपालिका क्षेत्रमा स्थायी बसोबास गरेको वा बसाईं सरेर आएको प्रमाणीत प्रति र त्यस्तो औषधि सेवन गर्न मान्यताप्राप्त चिकित्सकले सिफारिस गरेको प्रमाण पेश गर्नु पर्ने व्यवस्था नगरपालिकाले गरेको छ ।
नारायणगढ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलहरुसँग छलफल गरेर कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा विजयी गराउने बताएका छन् ।...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...
काठमाडौं । सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ । भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत...