वीरगञ्जमा लक्ष्य अनुसारको मुद्दा फर्छ्यौट हुन सकेन – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

वीरगञ्जमा लक्ष्य अनुसारको मुद्दा फर्छ्यौट हुन सकेन

वीरगञ्ज । उच्च अदालत वीरगञ्जले लक्ष्यअनुसार मुद्दा फर्छ्यौट गर्न नसक्दा मुद्दाको चाप बढेको छ । अदालतले वार्षिक मुद्दा मध्ये ६८ प्रतिशत मात्रै फछ्र्यौट गर्ने लक्ष्य राखेको भए पनि ३० प्रतिशत मात्र मुद्दा फर्छ्यौट भएको छ ।
अदालतमा आउने विभिन्न वाधा व्यवधानका कारण लक्ष्य अनुसारको मुद्दा फर्छ्यौट गर्न नसकिएको कार्यालयका अधिकारी बताएका छन् । अदालतको मंसिरसम्मको तथ्यांक अनुसार अझै पनि ९ महिनादेखि २ वर्ष नाघेका २३२४ वटा मुद्दा फर्छ्यौट गर्न बाँकी छ ।

अदालतका सूचना अधिकारी केशव कौशिकका अनुसार २ वर्ष नाघेका २३६ वटा मुद्दाहरु विचाराधीन छन् । १८ महिनादेखि २ वर्ष भित्रका २५० मुद्दा फर्छ्यौट हुन बाँकी छन् भने १ वर्षदेखि १८ महिनाभित्रका ३६३ वटा मुद्दा थन्किइरहेका छन् । त्यसैगरी ९ महिनादेखि १ वर्ष भित्रका ६५० मुद्दा विचारधीन छन् भने ९ महिना भित्रका ८२५ मुद्दा फर्छ्यौट हुन बाँकी छ ।

राज्य पुनर्संरचनापछि स्थापना भएको अदालतले पुनरावेदन अदालतबाट जिम्मेवारी सरेर आएका पर्सा, बारा र रौतहटका व्यक्तिवादी र सरकारवादी मुद्दाका साथै बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध, अधिकारपृक्ष्य र निषेधाज्ञा लगायतका आदेश दिँदै आएको छ ।

देशभर रहेका अदालतमध्ये धेरै मुद्दा आउने दोस्रो स्थानको रुपमा वीरगञ्ज रहेको भए पनि राज्यको उदासीनताका कारण काम गर्न समस्या भएको न्यायाधीशहरु बताउँछन् । पाटनपछि वीरगञ्जमा धेरै मुद्दा दर्ता हुने गरेको उनीहरुको भनाई छ ।

न्यायाधीश र रजिष्ट्रारको कार्यक्षमताको मुल्याङ्कन वीरगञ्जमा उसले सम्पादन गर्ने कार्यको आधारमा गरिन्छ । तर, यहाँ आफ्नो भवनसमेत छैन । काम गर्ने सहज वतावरण छैन । मुद्दाको चाप अनुसारको कर्मचारी र न्यायाधीश पनि छैनन् ।

लामो सयमदेखि सरकारको स्वामित्वमा रहेको वीरगञ्ज चिनी कारखाना अहिले बन्द छ । कारखाना चलाउने हल्ला चल्ने गरे पनि सञ्चालनमा ल्याउने प्रभावकारी काम कसैले गरेका छैन । पहिले सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्सा बसेकै ठाउँमा उच्च अदालतको अस्थायी ईजलास स्थापना गरिएको छ ।

उच्च अदालतका लागि त्यहाँ भएका भौतिक संरचना अपर्याप्त छ । पटक(पटक माथिल्लो निकायमा आग्रह गर्दा पनि जग्गा र भवनका लागि सरोकारवालाले चासो नदिएको गुनासो उनीहरुको छ ।

सशस्त्र प्रहरी बललाई चिनी मिलकै जग्गा दिइएको छ, पेट्रोलियम पाइप लाइनको समान राख्न चिनी उद्योगकै जग्गा भाडामा दिइएको छ । तर उच्च अदालतका अस्थायी ईजलासका लागि जग्गा माग्दा सरकारले सुन्दैन,’ मुख्य न्यायाधीश बस्यालले भने ‘पर्याप्त ठाउँको अभावले गर्दा पनि हामीले सोचेअनुसार काम गर्न सकिरहेका छैनौं ।’

वीरगञ्ज चिनी कारखानाको परिसरमा अस्थायी इजलास सञ्चालनमा आएदेखि हालसम्म ६ सय वटा मुद्दा फछ्र्यौट भएको छ । पुनरावेदन अदालत हेटौंडाबाट जिम्मेवारी सरेर आएका २१ सय ६५ र नयाँ दर्ता भएका ७ सय ५९ वटा गरी २ हजार ९ सय २४ मुद्दा मध्ये विभिन्न प्रकृत्तिका ६ सय वटा मुद्दा फर्छ्यौट गरेको हो । अदालतमा अन्य १४४ मुद्दाहरु फर्छ्यौट हुन सकेका छैनन् ।

सम्बन्धित समाचार

तोलामा एक हजारले घट्यो सुनको मूल्य
तोलामा एक हजारले घट्यो सुनको मूल्य
  • २०७४ पुष ७, १०: ३६

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...

कि प्रधानमन्त्रीलाई संसद्‍मा बोलाउनुपर्‍यो, नभए मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ
कि प्रधानमन्त्रीलाई संसद्‍मा बोलाउनुपर्‍यो, नभए मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ
  • २०७४ पुष ७, १०: ३६

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन् ।...

संसद्का दुवै सदनको बैठक बस्दै
संसद्का दुवै सदनको बैठक बस्दै
  • २०७४ पुष ७, १०: ३६

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...