केपी ओली कति वर्ष प्रधानमन्त्री हुने ? – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

केपी ओली कति वर्ष प्रधानमन्त्री हुने ?

काठमाडौं । निर्वाचनबाट ठूलो दल बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै पूर्व अनुबन्धनका कारण अढाइ वर्ष मात्रै प्रधानमन्त्री बन्न पाउने भएका छन् । पाँच वर्षे कार्यकालको बाँकी अवधि ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई छाडिदिनुपर्ने भएको छ ।

गत असोजमा अध्यक्ष केपी ओलीले माओवादीसँगको सम्झौताबारे तयार पारिएको ड्राफ्ट प्रस्तुत गरेका थिए, जसको तीन नम्बर बुँदामा ‘निर्वाचनपछि सरकारको नेतृत्व आलोपालो गर्ने’ उल्लेख गरिएको थियो ।

माओवादीका उच्च नेताले दिएको जानकारीअनुसार दशैंपछि संयुक्त कार्यक्रम गरेर ७ बुँदे सहमति जारी गर्दैगर्दा ३ नम्बर बुँदाको ‘आलोपालो सरकारको नेतृत्व गर्ने’ वाक्यांशलाई सार्वजनिक गरिएन र त्यसलाई ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ का रुपमा लिने सहमति गरेर वाम गठबन्धनको घोषणा भयो । पछि काँटछाँट गरिएको सो सहमति पत्रमा निर्वाचन सूर्य चिह्नमा लड्ने समेत उल्लेख थियो ।

माओवादी अध्यक्ष प्रचण्डले पनि आफ्ना सहयात्रीलाई सरकारको नेतृत्व आलोपालो हुने सहमति भएको ब्रिफिङ गरेका थिए । यसरी आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गराएर माओवादीलाई कन्भिन्स गर्ने कार्यमा एमाले उपाध्यक्ष वामदेव गौतमको पनि मुख्य भूमिका रहेको र केपी ओली यसमा सहमति भएपछि नै वाम गठबन्धन भएको माओवादी स्रोतले बतायो ।

नेताहरुको तयारी हेर्दाखेरि पहिलो पालो ओलीले नै नेतृत्व गर्ने छन् र त्यसपछि मात्रै प्रचण्डको पालो आउनेछ । वाम गठबन्धनले चुनावी तालमेल गरेर बहुमत हासिल गरिसकेको छ । तर, एमाले एक्लैले बहुमत पाउन सकेको छैन र उसले माओवादीको साथमा मात्रै बहुमत पाउने देखिएको छ ।

यही परिस्थितिमा आज एमाले स्थायी कमिटीको बैठक बस्न लागेको छ । केपी ओलीले आफूलाई प्रधानमन्त्रीका रुपमा हेरेका छन् र मन्त्रीहरु कसलाई बनाउने भन्ने भित्री गृहकार्यसमेत थालेका छन् ।

यहीबेला एमाले महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री पार्टी अध्यक्ष र संसदीय दलको नेता एकै व्यक्ति हुनुपर्ने लाइन अघि सारेपछि माओवादी झस्किएको छ । माओवादीलाई कसरी विश्वासमा लिने भन्नेबारेमा एमालेको आज बस्ने बैठकले पक्कै पनि छलफल गर्नेछ ।

सरकारको नेतृत्व कसरी गर्ने र पार्टी एकताको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने छलफल हुने नेताहरुले बताएका छन् । दशैंमा बनेको असझमदारी अनुसार आलोपालो सरकारको नेतृत्व गर्ने वचनमा केपी ओली अडिए भने उनी पाँच वर्ष नभएर अढाइ वर्षका लागिमात्रै प्रधानमन्त्री बन्नेछन् ।

तर, आलोपालो गर्दा पहिले केपी ओली प्रधानमन्त्री हुने कि प्रचण्ड हुने रु यसबारेमा भने नेताहरुले केही बताएका छैनन् । नेताहरुको तयारी हेर्दाखेरि पहिलो पालो ओलीले नै नेतृत्व गर्ने छन् र त्यसपछि मात्रै प्रचण्डको पालो आउनेछ ।

वाम गठबन्धनको सम्झौतामा केही लेखिएको छैन, सामुहिक नेतृत्व हुनुपर्ने माओवादी नेताहरुको शर्त छ र, यसमा एमालेभित्रको माधव नेपाल र वामदेव गौतम समूहले पनि एकै व्यक्तिमा नेतृत्व केन्द्रीकरण गरिन नहुने मत राख्दै आएको छ ।

सम्बन्धित समाचार

तोलामा एक हजारले घट्यो सुनको मूल्य
तोलामा एक हजारले घट्यो सुनको मूल्य
  • २०७४ पुष ७, १०: ४६

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...

कि प्रधानमन्त्रीलाई संसद्‍मा बोलाउनुपर्‍यो, नभए मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ
कि प्रधानमन्त्रीलाई संसद्‍मा बोलाउनुपर्‍यो, नभए मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ
  • २०७४ पुष ७, १०: ४६

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन् ।...

संसद्का दुवै सदनको बैठक बस्दै
संसद्का दुवै सदनको बैठक बस्दै
  • २०७४ पुष ७, १०: ४६

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...