तापक्रम बृद्धिकाे असरबाट बच्ने उपाय रोजौं – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

तापक्रम बृद्धिकाे असरबाट बच्ने उपाय रोजौं


नेपालसहित दक्षिण एसियाका देशहरुमा गृष्म ऋतुमा धेरै तामक्रम हुने गर्छ । तापक्रम बृद्धिसँगै समाजिक क्रियाकलाप र मानिसका दैनिक जीवनमा समेत यसले प्रत्यक्ष असर पारिरहेको छ । ऋतु परिवर्तन प्रकृतिको नियम नै हो । तर गृम ऋतुको समयमा हुने अधिक ताममानबाट पनि बच्न सकिन्छ र अत्यधिक गर्मीलाई नियन्त्रण गर्न सकिन्छ ।

बायु प्रदुषण, भैतिक संरचनाको निर्माणमा भएको बृद्धि, बनस्पतिको बिनास, बन जंगल नासिनु र औद्योगिक प्रदुषणले वातावरणलाई दुषित मात्र होइन, तामक्रम बृद्धिमा सहयोग गरिहेको हुन्छ । नागरिक आफै सचेत भएर घरमा फुल, आँगन वा करेसावारीमा तरकारी खेती र रुख, सडक किनारामा रुख रोप्ने गरेमा अध्यधिक तापक्रमलाई नियन्त्रण गर्न सकिन्छ । वातावरण प्रदुषण नियन्त्रणका लागि जल, जमिन र जंगलको संरक्षण नगर्ने अनि कोठा वा सवारी साधनमा एयर कुलर जडान गरेर मात्र समस्याबाट मुक्ति पाउन सकिँदैन । त्यसैले पानी पर्न ढिलो भयो र अत्यधिक तापमान बढ्यो भनेर त्यसलाई नियन्त्रण गर्न भ्यागुताको विवाहबाट सम्भव छैन् । त्यसका लागि हरियाली नै जरुरी हुन्छ ।

विकासको नाममा बन, जंगल र बनस्पतिको बिनास गर्दै पेट्रोलियम पदार्थको अध्यधिक प्रयोग, औद्योगिक प्रतिष्ठान निर्माणमा होडबाजी, सिमन्टबाट निर्माण भएका भौतिक संरचना जथाभावी ढुंगा, माटो र गिटीको प्रयोग र मनलाग्दी पहाड कटान गर्दै निर्माण गरिएका असङ्ख्य र अनावश्यक धुलेसडकले प्रदुषण बृद्धिसँगै तापक्रम बढाउन मदत गरेकाे छ ।

जलवायु परिवर्तनको असरले देशका नदी नाला सुक्ने, भुक्षय हुने, पानीको मुहान बन्द हुने जलसतह घट्ने र हिमालमा चाँडो हिउँ पग्लने जस्ता प्राकृतिक विपत्ति प्रदुषणले निम्त्याउँछ र यसलाई नियन्त्रण गर्न प्राकृतिक श्रोतको सीमित मात्रमा प्रयोग गर्नु पर्छ भन्ने सन्देश जरुरी भएको छ ।

विगतका वर्षमा जस्तै यो बर्ष पनि पहाडको तुलनामा तराईका जिल्लामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । तातो हावा र लु लाग्न थालेपछि तराई मधेशका जिल्लाहरुमा विद्यालय बन्द समेत गर्नु परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकेको नेपालगञ्ज, रुपन्देहीको भैरहवा, चितवनको रामपुर, बाराको सिमरा र मोरङको विराटनगर लगायतका स्थानमा अधिकतम तापक्रम चालिसको हाराहारीमै रहेको छ ।

नवलपरासीको दुम्कौलीमा यो वर्ष सबैभन्दा बढी अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस मापन भएको थियो । यो नै यस वर्षको सबैभन्दा बढी गर्मीको रेकर्ड हो ।

सम्बन्धित समाचार

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०८० जेष्ठ २९, १४: ४२

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०८० जेष्ठ २९, १४: ४२

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...

निर्वाचनको समीक्षा गर विवादमा नअल्मलेऊ
निर्वाचनको समीक्षा गर विवादमा नअल्मलेऊ
  • २०८० जेष्ठ २९, १४: ४२

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मुलुककै सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेसले नराम्ररी पराजय भोग्नु पर्यो । पछिल्लो...