
काठमाडौं । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको मुख्य भागबन्डा गरेका छन् । पुराना नौ मन्त्रीमण्डल हटाएर मन्त्रिपरिषद् पुनर्गठन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका मुख्य नेताहरूबीच भागबण्डा भएको छ ।
सबैभन्दा धेरै ओली निकट नेताहरू नयाँ मन्त्री भएर आएका छन् । प्रधानमन्त्री ओलीले आफू निकट २ लाई क्याबिनेट र २ जनालाई राज्यमन्त्री गरी ४ जनालाई मन्त्री बनाएका छन् ।
भौतिक योजना मन्त्री रघुवीर महासेठलाई हटाएर भौतिक योजना मन्त्री बनाएका बसन्त नेम्वाङ ओली र अर्का नेता सुवास नेम्वाङ निकट मानिन्छन् । महिला तथा बालबालिका मन्त्री थममाया थापालाई हटाएर नयाँ मन्त्री भएका पार्वत गुरूङ पनि ओली निकट हुन् । दोलखाबाट चुनाव जितेका उनी आफ्नो क्षेत्रमा निकै पकड बनाएका नेता हुन् ।
दोस्रो संविधानसभामा पनि उद्योग राज्यमन्त्री मोती दुगड पूर्वएमाले छिरेको पाँच वर्ष भयो । एमाले छिरेपछि केपी ओलीसँग नजिक भएका उनी समानुपातिक सांसद हुन् । तत्कालीन एमालेले पुरूषका लागि ४ जना समानुपातिक सांसद पाएको थियो । धेरै एमाले कार्यकर्तालाई उछिनेर मधेसी कोटाको पुरूष समानुपातिकमा मौका पाउने उनी भाग्यमानी हुन् ।
स्वास्थ्य राज्यमन्त्री बनाइएका नवराज रावत पनि ओली निकट पूराना नेता मानिन्छन् । उनले सुर्खेत क्षेत्र नम्बर दुईमा पहिलो पटक चुनाव जितेका हुन् । उनी पहिलो पटक सांसद बनेका हुन् । नयाँ मन्त्रीमध्ये प्रचण्डनिकट २ जना छन् । अघिल्लो मन्त्रिपरिषद्बाट मातृका यादव र चक्रपाणि खनाललाई हटाएर प्रधानमन्त्री ओलीले प्रचण्ड निकट लेखराज भट्ट र रामेश्वर रायलाई मन्त्री बनाएका छन् ।
२ वर्षअघिमात्रै विजय गच्छदारको तत्कालीन पार्टी लोकतान्त्रिक फोरमबाट तत्कालीन माओवादीमा छिरेका रामेश्वर राय प्रचण्डनिकट भएकाले मन्त्री हुन सफल भएका हुन् । ओलीले चार र प्रचण्डले दुई जना मन्त्री बनाउँदा बरिष्ठ नेता माधवकुमार नेपालनिकट एकजना मात्रै मन्त्री बनेका छन् ।
कृषि मन्त्री बनेका घनश्याम भूषाल नेकपाका स्थायी समिति सदस्य हुन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्री बनाइएका हृदयेश त्रिपाठीको नेकपाको राजनीतिमा कुनै इतिहास छैन । उनी तराई मधेस लोकतान्त्रिक पार्टीबाट पछिल्लो चुनावमा तत्कालीन एमालेको चिन्ह सूर्य लिएर उठेका थिए । जितेपछि उनी एमाले प्रवेश गरे ।
मधेसी नेताका रूपमा सधैँ चर्चा हुने उनलाई नेकपामा कुनै भूमिका दिइएको छैन । पार्टीमा भूमिका नभएका उनले सरकारमा पाएका छन् ।
मन्त्रिपरिषद पुनर्गठनमा वामदेव गौतमले पनि सानो भाग पाएका छन् । काठमाडौं–७ का सांसद रामवीर मानन्धरलाई उनको तर्फबाट सहरी विकास राज्यमन्त्री बनाइएको बालुवाटार स्रोतको दाबी छ। वर्ष दिनअघि नेता गौतमलाई सांसद बनाउन राजीनामा दिएर मानन्धर चर्चामा आएका थिए ।
यसअघि नै मन्त्री बनेकाहरूमध्ये प्रदीप ज्ञवाली, गोकुल बाँस्कोटा, युवराज खतिवडा, पद्मा अर्याल, जगतबहादुर विश्वकर्मा ओली समूहका हुन् ।
पूर्वमाओवादीबाट रामबहादुर थापा, बीना मगर, वर्षमान पुन, शक्तिबहादुर बस्नेत र गिरिराजमणि पोखरेल मन्त्री छन् । यीमध्ये पोखरेल नेता नारायणकाजी श्रेष्ठ निकट हुन् भने बाँकी सबै प्रचण्ड निकट हुन् । पछिल्लो समय थापा, पुन र बस्नेत धेरै तटस्थ रहँदै आएका छन् ।
नेता नेपाल पक्षबाट भने यसअघि मन्त्री बनेका योगेश भट्टराईले मात्र निरन्तरता पाएका छन् । नेपाल निकट मन्त्रीहरू लालबाबु पण्डित र गोकर्ण बिष्ट जिम्मेवारीमुक्त भएका छन् ।
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...
काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...
काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...