गुजरात । भारतको गुजरात राज्यमा फेरि पनि भारतीय जनता पार्टी (भाजपा) ले सरकार बनाउने देखिएको छ । दुई चरणमा भएको विधानसभा चुनावको मतगणना सोमबार भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले सबैभन्दा धेरै सिट जितेको हो । एक सय ८२ सिटका लागि भएको चुनावमा गएको २२ वर्षदेखि सत्तामा रहेको भाजापाले ९९ सिट जितेको छ ।
भाजपा विजयी धेरै सिटमा विजयी भएपनि उसले सन् २०१२ चुनावमा जति सिट जित्न भने सकेको थिएन । राहुल गान्धीको फेरिको चुनाव प्रचार शैली र भाषणको प्रभाव तथा युवा नेताका कारण कांग्रेसले भाजपासँगको दूरी कम गर्न सफल भएको हो । कांग्रेसले गुजरात विधानसभाका ७७ सिटमा जित हाँसिल गरेको छ । भाजपाले स्पष्ट बहुमत ल्याए पनि कांग्रेसले चार वर्षअघिको चुनावमा भन्दा १६ सिट बढी जितेको छ ।
सन् २०१२ मा कांग्रेसले ६१ सिट जितेको थियो भने भाजपाले एक सय १७ सिट जितेको थियो । गुजरातको कुल एक सय ८३ विधानसभा सिट मध्ये एक सय ८२ का लागि चुनाव भएको हो । एक सिटमा मनोनयन गर्ने व्यवस्था रहेको छ । यस्तै हिमाञ्चलमा पनि बिजेपीले सरकार बनाउने भएको छ । ६८ विधानसभा सिट रहेको हिमाञ्चलमा बिजेपीले ४४ तथा कांग्रेसले २१ सिट जितेको छ ।
काठमाडौं।भियतनाममा अविरलको भारी वर्षा र बाढीका कारण भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।अन्य पाँच जना अझै बेपत्ता छन्...
काठमाडौं।पाकिस्तानी र अफगानी सेनाबीच सीमाना भएको गोली हानाहानमा दर्जनौं सेना मारिएका छन्।शनिबार राति सीमावर्ती खोस्त, पक्तिका, कुनर, नान्गारहार, पक्तिया र...
काठमाडौँ । इजरायलले गाजामा युद्धविराम लागू गर्ने र बन्धकहरूलाई रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको छ ।हमासले मुक्त गराउन लागेको २०...