गुजरात र हिमाञ्चलमा भाजपाले सरकार बनाउने – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

गुजरात र हिमाञ्चलमा भाजपाले सरकार बनाउने

गुजरात । भारतको गुजरात राज्यमा फेरि पनि भारतीय जनता पार्टी (भाजपा) ले सरकार बनाउने देखिएको छ । दुई चरणमा भएको विधानसभा चुनावको मतगणना सोमबार भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले सबैभन्दा धेरै सिट जितेको हो । एक सय ८२ सिटका लागि भएको चुनावमा गएको २२ वर्षदेखि सत्तामा रहेको भाजापाले ९९ सिट जितेको छ ।

भाजपा विजयी धेरै सिटमा विजयी भएपनि उसले सन् २०१२ चुनावमा जति सिट जित्न भने सकेको थिएन । राहुल गान्धीको फेरिको चुनाव प्रचार शैली र भाषणको प्रभाव तथा युवा नेताका कारण कांग्रेसले भाजपासँगको दूरी कम गर्न सफल भएको हो । कांग्रेसले गुजरात विधानसभाका ७७ सिटमा जित हाँसिल गरेको छ । भाजपाले स्पष्ट बहुमत ल्याए पनि कांग्रेसले चार वर्षअघिको चुनावमा भन्दा १६ सिट बढी जितेको छ ।
सन् २०१२ मा कांग्रेसले ६१ सिट जितेको थियो भने भाजपाले एक सय १७ सिट जितेको थियो । गुजरातको कुल एक सय ८३ विधानसभा सिट मध्ये एक सय ८२ का लागि चुनाव भएको हो । एक सिटमा मनोनयन गर्ने व्यवस्था रहेको छ । यस्तै हिमाञ्चलमा पनि बिजेपीले सरकार बनाउने भएको छ । ६८ विधानसभा सिट रहेको हिमाञ्चलमा बिजेपीले ४४ तथा कांग्रेसले २१ सिट जितेको छ ।

सम्बन्धित समाचार

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०७४ पुष १०, ०८: ४२

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति
अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति
  • २०७४ पुष १०, ०८: ४२

काठमाडौं : अमेरिका र इरानबीच जारी तनाव र हालैको युद्ध अन्त्य गर्न एक ऐतिहासिक सहमति भएको छ । अमेरिकी राष्ट्रपति...

उत्तर पूर्वी भारतमा सैन्य विमान दुर्घटना
उत्तर पूर्वी भारतमा सैन्य विमान दुर्घटना
  • २०७४ पुष १०, ०८: ४२

काठमाडौँ  : भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्...