रियादमा हुथी बिद्रोहीद्वारा मिसाइल आक्रमण – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

रियादमा हुथी बिद्रोहीद्वारा मिसाइल आक्रमण

रियाद । यमनमा सशस्त्र संघर्ष गरिरहेको हुथी बिद्रोहीले साउदी अरेबियाको राजधानी रियादमा मिसाइल प्रहार गरेको दाबी गरेको छ । साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले यमनमा हुथी ब्रिदोही विरुद्ध सन् २०१५ को मार्चदेखि कारवाही अभियान चलाउँदै आएको छ । हुथी बिद्रोहीको टेलिभिजन अल मसिराहले बुर्कान एच टू ब्यालेस्टिक मिसाइल साउदी अरेबियाको राजधानी रियादमा रहेको अल–यामामा दरबारमा लक्षित गरी प्रहार गरिएको दाबी गरेको हो । प्रत्यक्षदर्शीले रियादमा आफूहरुले विस्फोटको आवाज सुनेको बताएका छन् । उनीहरुले धुवाँको मुस्लोसहितको तस्बिर पनि पोस्ट गरेका छन् । अहिलेसम्म विस्फोटबाट कुनै मानवीय वा भौतिक क्षति भएको खबर भने छैन । साउदी अरेबियासहितको गठबन्धनले हुथी बिद्रोहीलाई इरानले मिसाइल उपलब्ध गराउँदै आएको आरोप लगाउने गरेका छन् ।

सम्बन्धित समाचार

भियतनाममा भीषण बाढीमा परी ३५ जनाको मृत्यू
भियतनाममा भीषण बाढीमा परी ३५ जनाको मृत्यू
  • २०७४ पुष १०, ०८: ४३

काठमाडौं।भियतनाममा अविरलको भारी वर्षा र बाढीका कारण भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।अन्य पाँच जना अझै बेपत्ता छन्...

सीमानामा भिडन्त हुँदा २३ पाकिस्तानी र ९ अफगानी सेना मारिए
सीमानामा भिडन्त हुँदा २३ पाकिस्तानी र ९ अफगानी सेना मारिए
  • २०७४ पुष १०, ०८: ४३

काठमाडौं।पाकिस्तानी र अफगानी सेनाबीच सीमाना भएको गोली हानाहानमा दर्जनौं सेना मारिएका छन्।शनिबार राति सीमावर्ती खोस्त, पक्तिका, कुनर, नान्गारहार, पक्तिया र...

हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् विपिन जोशी
हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् विपिन जोशी
  • २०७४ पुष १०, ०८: ४३

काठमाडौँ । इजरायलले गाजामा युद्धविराम लागू गर्ने र बन्धकहरूलाई रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको छ ।हमासले मुक्त गराउन लागेको २०...