रियाद । यमनमा सशस्त्र संघर्ष गरिरहेको हुथी बिद्रोहीले साउदी अरेबियाको राजधानी रियादमा मिसाइल प्रहार गरेको दाबी गरेको छ । साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले यमनमा हुथी ब्रिदोही विरुद्ध सन् २०१५ को मार्चदेखि कारवाही अभियान चलाउँदै आएको छ । हुथी बिद्रोहीको टेलिभिजन अल मसिराहले बुर्कान एच टू ब्यालेस्टिक मिसाइल साउदी अरेबियाको राजधानी रियादमा रहेको अल–यामामा दरबारमा लक्षित गरी प्रहार गरिएको दाबी गरेको हो । प्रत्यक्षदर्शीले रियादमा आफूहरुले विस्फोटको आवाज सुनेको बताएका छन् । उनीहरुले धुवाँको मुस्लोसहितको तस्बिर पनि पोस्ट गरेका छन् । अहिलेसम्म विस्फोटबाट कुनै मानवीय वा भौतिक क्षति भएको खबर भने छैन । साउदी अरेबियासहितको गठबन्धनले हुथी बिद्रोहीलाई इरानले मिसाइल उपलब्ध गराउँदै आएको आरोप लगाउने गरेका छन् ।
एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।...
काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...
काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय...