उपप्रधानमन्त्री श्रेष्ठलाई आईसीयुबाट जनरल वार्डमा सारियो,स्वास्थ्यमा सुधार – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

उपप्रधानमन्त्री श्रेष्ठलाई आईसीयुबाट जनरल वार्डमा सारियो,स्वास्थ्यमा सुधार


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ । गृहमन्त्री श्रेष्ठ बेइजिङ भ्रमणको क्रममा हृदयाघात भइ पेकिङ्ग युनियन अस्पतालमा उपचाररत छन् ।

उनको स्वास्थ्यमा राम्रो सुधार भएकाले शुक्रबार बिहान आईसीयूबाट जनरल वार्डमा सारिएको हो । छोटो भिडियो कुराकानीको क्रममा श्रेष्ठ स्वयंले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताएका छन् । बीआरआईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई गत बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो ।

बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो । अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकातर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको थियो ।

बीआरआईको कार्यक्रममा सहभागी भएर शुक्रबार नेपाल फर्किने कार्यक्रम रहे पनि बिरामी भएकाले उनको चीन बसाइ लम्बिएको छ ।

सम्बन्धित समाचार

रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
  • २०८० कार्तिक ३, ११: २१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सहकारी ठगीसँगै जोडिएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा...

सकियो समानुपातिकतर्फको मतगणना
सकियो समानुपातिकतर्फको मतगणना
  • २०८० कार्तिक ३, ११: २१

काठमाडौं : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । पछिल्लो समय गोरखा...

रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण
रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण
  • २०८० कार्तिक ३, ११: २१

काठमाडौँ : चितवन-२ बाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्...