माघभित्र जिल्ला र पालिका अधिवेशन गर्न एमालेको निर्देशन – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

माघभित्र जिल्ला र पालिका अधिवेशन गर्न एमालेको निर्देशन


काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका जिल्ला तथा पालिका तहका अधिवेशन आगामी माघ मसान्तभित्र सम्पन्न गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ ।

एमालेको केन्द्रीय सङ्गठन विभागको गत असोज ३० गते बसेको बैठकले प्रदेश कमिटीका अधिवेशन निर्धारित समयमा सम्पन्न भइसकेका हुँदा जिल्ला, स्थानीय तह र वडा तहका कमिटीका अधिवेशन सम्बन्धमा निर्णय लिएको हो । बैठकले फागुन र चैतमा पार्टी सदस्यता नवीकरणसँगै वडा र टोल कमिटीका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको विभाग सचिव माधव ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टीका स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले पार्टी सदस्यता प्रमाणीकरण प्रतिवेदन अनुमोदन गरेको छ । सोअनुसार भारत प्रवास र अन्तर्राष्ट्रिय कमिटी मातहतका सदस्यबाहेक पार्टीका साढे पाँच लाख सदस्यहरूको सदस्यता प्रमाणीकरण भएको छ ।

विभागले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, विभागका पूर्वप्रमुखसमेतका उपस्थितिमा भएको कार्यक्रममा प्राप्त मार्गदर्शनका आधारमा सात बुँदे अन्तरपार्टी निर्देशन दिएको जनाएको छ ।

सम्बन्धित समाचार

रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
  • २०८० कार्तिक ३, १४: ०२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सहकारी ठगीसँगै जोडिएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा...

सकियो समानुपातिकतर्फको मतगणना
सकियो समानुपातिकतर्फको मतगणना
  • २०८० कार्तिक ३, १४: ०२

काठमाडौं : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । पछिल्लो समय गोरखा...

रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण
रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण
  • २०८० कार्तिक ३, १४: ०२

काठमाडौँ : चितवन-२ बाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्...