दसैँले गाउँमा चहलपहल, बजार सुनसान – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

दसैँले गाउँमा चहलपहल, बजार सुनसान


काठमाडौं । दसैँको टीकाको दिन नजिकिएसँगै अध्ययन, रोजगार तथा विभिन्न कामको सिलसिलामा बजार झरेकाहरू धमाधम गाउँ फर्किरहेका छन् । बजारबाट गाउँ फर्कनको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । यतिबेला गाउँमा निकै चहलपहल बढेको छ भने बजार सुनासन बन्न थालेका छन् । बागलुङका ग्रामीण क्षेत्र दसैँ, तिहारबाहेक अन्य समय सुनसान नै हुन्छन् । स्थानीयवासीको बढ्दो सहर मोह र युवा शक्तिको विदेश पलायनले गाउँ पहिलेको जति रमाइलो छैन । खासगरी पछिल्लो समय गाउँमा बुढापाका र बालबालिका मात्रै बस्ने गरेका छन् । उनीहरुले नै गाउँ धानेका छन् ।

एक दशक अगाडिसम्म गाउँ भरिभराउ थियो तर अहिले गाउँका घर प्राय खाली भए पनि दसैँ सुरु भएपछि खाली घरमा आगो बल्न थालेको छ । बजारमा गोठा तथा घर भाडामा लिएर बस्ने यतिबेला आफ्नै जन्मभूमिमा पुगेका छन् । सुख, सयल र विलाशिताको जीवन बिताउन बजार झरेकालाई पनि चाडपर्वमा गाउँ रमाइलो लाग्ने हुँदा यो समय गाउँमा चहलपहल बढेको छ । जिल्ला सदरमुकाम बागलुङ बजारसहित बुर्तिबाङ र गलकोट बजार पनि यतिबेला सुनसान बन्दै गएका छन् । परदेशमा रहेका युवा पनि दसैँ मनाउनका लागि स्वदेश आइरहेका छन् ।

एकसाता अगाडिसम्म गलकोटका धेरै गाउँहरु सुनसान रहेकामा अहिले मानिसको जमघटले चहपहल बढेको स्थानीयवासी तिर्सना थापाले बताइन् । घटस्थापनाका दिनदेखि सहर बजारमा रहेका र विदेशमा गएर दसैँ तिहार मनाउन उनीहरू गाउँ आएको उहाँले बताउनुभयो । तिहार सकिएपछि पुनःगाउँ सुनासन हुने थापाको भनाइ थियो । चाडपर्वले टाढा रहेका आफन्त तथा इष्टमित्रलाई नजिक बनाउनका साथै आत्मियता पनि बढाउँछ । अहिलेका चाडबाडमा पहिलेको जस्तो रमाइलो र मौलिकमता नभएको भन्दै धेरैले पश्चिमा संस्कृतिको सिको गर्न थालेका छन्

उनले भनिन्, “गाउँमा घटस्थापनाभन्दा अगाडि दुई/चार जनामात्रै आएका थिए, त्यसपछि दैनिक १२÷१५ जना स्थानीय गाउँ आएका छन्, केही दिन अगाडिसम्म सुनसान भएका घरमा अहिले मान्छे आएर बस्न थालेका छन्, केटाकेटीहरुको आवाज पनि सुनिन्छ, सधँैभरि गाउँमै बसेर कस्तो रमाइलो हुँदो हो ?, अहिले गाउँमा आएका सबै तिहार मनाएर सहर नै पस्छन्, गाउँमा बस्ने त उही हामी बुढाबूढी मात्रै हो, खै के जमाना आए यस्तो सबैले सहर बजारनै बस्न खोज्छन् ?”

एक सातादेखि बागलुङ बजारदेखि गाउँ जानेको भीड देखिन्छ । बजारको जिपपार्क, बसपार्क र विभिन्न चोकबाट गाउँ फर्कने गाडी भरिभराउ देखिन्छन् । एक हप्ता पहिले गाउँ फर्कनेहरुले किनमेल गर्दा बजारका पसलमा पनि बाक्लै भीड देखिएकामा अहिले व्यापार निकै कम भएको देखिन्छ । बजारमा बस्ने गाउँ जान थालेपछि बजारमा व्यापार घटेको स्थानीय व्यापारी नवीनकुमार क्षेत्रीले बताए । जिल्लाका धेरै गाउँबाट सदरमुकाम बागलुङमा बस्नेको सङ्ख्या ठूलो रहेको भन्दै उनीहरु गाउँ गएपछि दिनमा रु दस हजारको पनि व्यापार गर्न नसकेको ले जानकारी दिए ।

“आर्थिक मन्दीले गर्दा व्यापार थिएन, दसैँ आउन थालेपछि केही दिन राम्रो व्यापार भएको थियो, तर अहिले धेरै कम भएको छ, मान्छे जति सबै चाडपर्व मनाउन गाउँ गए, बजारमा घर भएकाहरुको पनि गाउँमा आफन्त भएकाले उतै दसैँ मनाउन जान्छन्”, क्षेत्रीले भने, “अब गाउँबाट मान्छे नफिर्कंदासम्म बजारको व्यापार निकै थोरै हुन्छ, बाहिरबाट आउने मान्छेले धेरै सामान किनमेल गर्दैनन्, अब व्यापार हुनलाई तिहार कुर्नुपर्छ ।”

जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा पनि व्यापार घटेको व्यवसायीको भनाइ थियो । अन्य समय राम्रो व्यापार हुने बुर्तिबाङमा दुई दिनदेखि कमी आएको स्थानीय व्यापारी सुनिल पौडेलले बताउनुभयो । बजारमा आएर बस्ने तथा व्यापार गर्ने अधिकांश गाउँबाट झरेकाहरु भएको हुँदा चाडबाडका बेला बजार सुनसान हुने पौडेलको भनाइ थियो ।

सम्बन्धित समाचार

रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
  • २०८० कार्तिक ३, १४: ३१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सहकारी ठगीसँगै जोडिएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा...

प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा
प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा
  • २०८० कार्तिक ३, १४: ३१

काठमाडौं।भावी प्रधानन्यायाधीशका निम्ति न्याय परिषद्ले सर्वोच्च अदालतका ६ न्यायाधीशको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको छ । न्याय परिषद्ले योग्यता पुगेका...

अन्तिम चरणमा पुग्यो समानुपातिक तर्फको मतगणना,कसले कति पाए ?
अन्तिम चरणमा पुग्यो समानुपातिक तर्फको मतगणना,कसले कति पाए ?
  • २०८० कार्तिक ३, १४: ३१

काठमाडौं।यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।हालसम्म समानुपातिकतर्फ  एक करोड ७ लाख...