प्रेमिकानै मुख्य योजनाकार भएकाे आशंका, १० जना पक्राउ – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper
प्रिन्सिपल हत्या प्रकरण

प्रेमिकानै मुख्य योजनाकार भएकाे आशंका, १० जना पक्राउ


बारा । बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक महिलासहित १० जनालाई पक्राउ गरेको छ। त्यसमध्ये ६ जना घटनामा संलग्न रहेको पाइएको छ । चार जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

के कारणले हत्याको योजना बनाइएको हो भन्ने बारेमा पनि प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ । काफ्लेका अनुसार यसअघि साउनमा पनि बारामै उनीमाथि गोली प्रहारको योजना बनेको थियो ।

पक्राउ पर्नेहरूमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्व शिक्षिका समेत रहेको बताइएको छ। पक्राउ परेकाहरूको नाम भने प्रहरीले खुलाएको छैन। सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भारततिर भागेको प्रहरीले जनाएको छ।

बारा कलैया उपमहानगरपालिका–६, का रुपेसमाथि सोमबार दिउँसो १ बजे कलैया बजारमै गोली हानिएका रुपेशमाथि ५ राउण्ड गोली प्रहार गरिएको थियो । गोली लागेर घाइते भएका उनको उपचारका क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो।

सम्बन्धित समाचार

रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
  • २०८० कार्तिक १४, १०: ५०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सहकारी ठगीसँगै जोडिएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा...

प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा
प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा
  • २०८० कार्तिक १४, १०: ५०

काठमाडौं।भावी प्रधानन्यायाधीशका निम्ति न्याय परिषद्ले सर्वोच्च अदालतका ६ न्यायाधीशको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको छ । न्याय परिषद्ले योग्यता पुगेका...

अन्तिम चरणमा पुग्यो समानुपातिक तर्फको मतगणना,कसले कति पाए ?
अन्तिम चरणमा पुग्यो समानुपातिक तर्फको मतगणना,कसले कति पाए ?
  • २०८० कार्तिक १४, १०: ५०

काठमाडौं।यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।हालसम्म समानुपातिकतर्फ  एक करोड ७ लाख...