आज पनि घट्यो सुनको मूल्य – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

आज पनि घट्यो सुनको मूल्य


काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महांघले जानकारी दिएको छ ।

सोमबार तोलामा पाँच सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पुनः पाँच सय रुपैयाँ घटेर तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

गत आइतवार सुन अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेर १ हजार ४ सय २० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
  • २०८० कार्तिक १४, १२: ०५

काठमाडौंः मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य रु दुई हजारले बढेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८० कार्तिक १४, १२: ०५

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको...

सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
  • २०८० कार्तिक १४, १२: ०५

काठमाडौँः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु तीन हजार ८०० र चाँदी...