धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले राष्ट्रिय सभा निर्वाचनमा नाउपालाई एउटा सिट दिने समझदारी भएको बताएका छन् ।
धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा चौधरीले सुदूरपश्चिम प्रदेशबाट आफ्नो पार्टी (नाउपा) लाई एउटा सिट दिने सत्तारुढ गठबन्धनसँग समझदारी भएको बताएका हुन् ।
राष्ट्रिय सभामा १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २२ गते मनोनयन दर्ता हुँदैछ । त्यसअघि नै सत्ता गठबन्धनबीच समझदारी कायम गर्न शीर्ष नेताहरुबीच छलफल हुँदै आएको छ । पुस २१ गते बस्ने सत्तारुढ गठबन्धनको बैठकले निर्णय गर्ने उनको भनाई छ ।
बुधबार पनि बालुवाटारमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धनका नेताहरुसँग छलफलमा बसेका बेला चौधरीले नाउपालाई एक सिट दिने समझदारी सत्ता गठबन्धनमा भइसकेको बताए ।
यही पुस २६, २७ र २८ गते टीकापुरमा हुने पार्टीको प्रथम महाधिवेशनबारे जानकारी दिन चौधरीले पत्रकार सम्मेलन गरेका थिए ।
काठमाडौं : नेपाली कांग्रेसको काठमाडौंमा आइतबारबाट सुरु भएको विशेष महाधिवेशनमा पहिलो दिन २६ सय ६२ जना प्रतिनिधिले नाम दताए गराएका...
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई राजनीतिक पार्टी मात्र नभई देशका सबै प्रकारका वेथितिविरुद्धको अभियान भएको बताएका...
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । विशेष महाधिवेशन उद्घाटन समरोहमा ६२.४...