सर्वोच्चको मुख्य रजिष्ट्रारमा देवेन्द्रराज ढकालको बढुवा, अन्य ५ जना सहसचिवको पनि सरुवा – Naya Bikalpa
January 11, 2026, Sunday      Epaper

सर्वोच्चको मुख्य रजिष्ट्रारमा देवेन्द्रराज ढकालको बढुवा, अन्य ५ जना सहसचिवको पनि सरुवा

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्याय सेवा आयोगले न्यायपरिषदका सचिव देवेन्द्रराज ढकाललाई बढुवा गरेको छ । बुधबार बसेको आयोगको बैठकले ढकाललाई मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो ।

अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश सिफारिस भएपछि उक्त पद खाली भएको थियो । उक्त रिक्त पदमा ढकाललाई नियुक्त गरिएको हो ।

न्याय सेवा आयोगले सर्वोच्च अदालतका सहरजिष्ट्रार विमल पौडेललाई रजिष्ट्रारमा बढुवा गरेको छ । त्यस्तै आयोगले न्याय सेवाका ५ जना सहसचिवको पनि सरुवा गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता एवं मुद्दा महाशाखा प्रमुख भद्रकाली पोखरेल न्यायपरिषदमा सरुवा भएका छन् भने, न्याय परिषदका सहसचिव मानबहादुर कार्की उच्च अदालत पाटनको रजिष्ट्रारमा र उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेल सर्वोच्च अदालतमा, फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेदप्रसाद उप्रेती सर्वोच्च अदालतमा र सर्वोच्च अदालतमा रहेका सूर्यवंश शर्मा कँडेल फैसला कार्यान्वयन महानिर्देशकमा सरुवा भएका छन् ।

सम्बन्धित समाचार

कांग्रेस विशेष महाधिवेशन : पहिलो दिन २६ सय ६२ प्रतिनिधिको नाम दर्ता
कांग्रेस विशेष महाधिवेशन : पहिलो दिन २६ सय ६२ प्रतिनिधिको नाम दर्ता
  • २०८० पुष १८, १२: ०३

काठमाडौं : नेपाली कांग्रेसको काठमाडौंमा आइतबारबाट सुरु भएको विशेष महाधिवेशनमा पहिलो दिन २६ सय ६२ जना प्रतिनिधिले नाम दताए गराएका...

कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल
कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल
  • २०८० पुष १८, १२: ०३

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई राजनीतिक पार्टी मात्र नभई देशका सबै प्रकारका वेथितिविरुद्धको अभियान भएको बताएका...

विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधिले गरे नाम दर्ता
विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधिले गरे नाम दर्ता
  • २०८० पुष १८, १२: ०३

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । विशेष महाधिवेशन उद्घाटन समरोहमा ६२.४...