काठमाडौं । मकवानपुरको हेटौंडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ ।
तालिमका क्रममा दौडिरहेको बेला ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा डडेलधुराको आलिताल-६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षिया विनोद एडीको मृत्यु भएको हो ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंड-११ थानाभ्याङमा बुधबार बिहान हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुरका प्रहरीले जनाएको छ ।
सो घटनामा दुई प्रहरीसहित तीन जना घाइते भएका छन् । घईते हुनेहरुमा नवराज सार्की र विजय खत्री तथा मोटरसाइकल चालक हेटौंडा–४ का ४१ वर्षीय लक्ष्मण लामा घाइते भएका छन् ।
मोटरसाइकल चालक लामाको चितवनमा उपचार भइरहेको छ । प्रहरी जवानद्वय सार्की र खत्रीको हेटौँडा अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
काठमाडौं : गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षीय तामाङको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो...
काठमाडौं । आज पृथ्वी जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता...
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचन लड्न आफू रुकुम पूर्वमा आउने निश्चित भएको बताएका छन्। रुकुम...