मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु, तीन जना घाईते – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु, तीन जना घाईते

काठमाडौं । मकवानपुरको हेटौंडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ ।

तालिमका क्रममा दौडिरहेको बेला ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा डडेलधुराको आलिताल-६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षिया विनोद एडीको मृत्यु भएको हो ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंड-११ थानाभ्याङमा बुधबार बिहान हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुरका प्रहरीले जनाएको छ ।

सो घटनामा दुई प्रहरीसहित तीन जना घाइते भएका छन् । घईते हुनेहरुमा नवराज सार्की र विजय खत्री तथा मोटरसाइकल चालक हेटौंडा–४ का ४१ वर्षीय लक्ष्मण लामा घाइते भएका छन् ।

मोटरसाइकल चालक लामाको चितवनमा उपचार भइरहेको छ । प्रहरी जवानद्वय सार्की र खत्रीको हेटौँडा अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

सम्बन्धित समाचार

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८० पुष १८, १२: ४४

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

मनसुन थप चार प्रदेशमा विस्तार
मनसुन थप चार प्रदेशमा विस्तार
  • २०८० पुष १८, १२: ४४

काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
  • २०८० पुष १८, १२: ४४

काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...