काठमाडौं । कारोबार साताको चौथो दिन आएर नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८.०० विन्दुमा कायम भएको हो ।
आइतबार सार्वजनिक बिदा परेकाले कारोबार भएन । सोमबार ८.७५ अंकले ओरालो लागेको नेप्से मंगलबार १.४ प्रतिशतले घटेर २०३०.१० विन्दुमा पुगेको थियो।
यस्तै सेन्सेटिभ इण्डेक्स ३.७६ अंकले बढेर ३८४.२९ विन्दुमा अडिएको छ । कारोबार सुरु भएदेखि नै उचार चढावमा रहेको नेप्से अन्तिममा आएर दोहोरो अंकले बढेको हो ।
कारोबारमा आएका २०९ स्क्रिप्टको मूल्य बढ्दा नेप्से बढेको हो । ३० स्क्रिप्टको मूल्य घट्दा ६ को मूल्य भने स्थिर रह्यो। दोहोरो अंकले बढेको बजारमा सातवटा स्क्रिप्टको मूल्य पोजिटिभ सर्किटमा कारोबार भयो ।
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले सबैभन्दा बढी डिजेल आयात गरेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठ...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...
काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...