कैलाली र रौतहटमा संक्रमित थपिए फेरि दुई जना, अहिलेसम्म कोरोना संक्रमित १४ ~ आशंकामा सनसिटी अपार्टमेन्टमा एकै परिवारका तीन सदस्य – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

कैलाली र रौतहटमा संक्रमित थपिए फेरि दुई जना, अहिलेसम्म कोरोना संक्रमित १४ ~ आशंकामा सनसिटी अपार्टमेन्टमा एकै परिवारका तीन सदस्य

काठमाडौं, कैलाली र प्रदेश नम्बर २ को रौतहटमा गरि सोमवार थप २ जनामा कोरोना संक्रमण भएको पुस्टि भएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा पिसिआरु परिक्षण मार्फत नमूना परिक्षण गर्दा कैलालीको लम्की चुहा नगरपालिकाको क्वारेन्टाइनमा बसेकी ६५ बािर्षय महिला र रौतहटको क्यारेन्टाइनमा बसेका १९ बर्षिय युवकमा कोरोना पोजेटिभ देखिएको बताएका हुन् ।यो सँगै नेपालमा कोरोनाका संक्रमितको संख्या १४ पुगेको छ।
अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा ४ हजार ४ सय ३२ र विभिन्न प्रदेशहरुका ल्यावमा १२६९ गरि पिसिआर प्रविधिका माध्यमबाट ५ हजार ६ सय ९१ वटा नमूना परिक्षण गरिएको जानकारी प्राप्त भएको छ । त्यसैगरि र्यापिड डाइग्नोस्टिक किटमार्फत ५ हजार २ सय ५१ नमुना परिक्षण गरिएको छ । दुबै जोडेर अहिलेसम्म देशभरिमा पिसिआर र आरटिडी गरेर १० हजार ९ सय ८२ जनाको नमुना परिक्षण गरिएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।

तेसै गरि काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीन सदस्यलाई र्‍यापिड टेस्ट गर्दा कोरोना भाइरसको एन्टिबडी देखिएपछि निजहरुलाइ पाटन अस्पताल भर्ना गरि स्वाब टेस्टको लागि टेकु प्रयोगशालामा पठाइएको हुदा निजहरुको कोरोना भाइरसको पुस्टि हुन बाकि छ ।

सम्बन्धित समाचार

आज विश्व रक्तदाता दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै
आज विश्व रक्तदाता दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै
  • २०७७ बैशाख १, १६: ५०

काठमाडौं । आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस ।  नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ । मानव...

तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
  • २०७७ बैशाख १, १६: ५०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी प्रशासन शाखाले संघीय अस्पताल तथा मातहतका कार्यालयलाई तीन दिनभित्र कर्मचारीहरुलाई हाजिर नगराए विभागीय...

लायन लम्साल अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोस निर्वाचित
लायन लम्साल अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोस निर्वाचित
  • २०७७ बैशाख १, १६: ५०

काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय मल्टिपल ३२५ नेपालको यही जेठ २४ गते कमलादी प्रज्ञा भवनमा भएको राष्ट्रिय महाधिवेशनबाट लायन...