कैलाली र रौतहटमा संक्रमित थपिए फेरि दुई जना, अहिलेसम्म कोरोना संक्रमित १४ ~ आशंकामा सनसिटी अपार्टमेन्टमा एकै परिवारका तीन सदस्य – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

कैलाली र रौतहटमा संक्रमित थपिए फेरि दुई जना, अहिलेसम्म कोरोना संक्रमित १४ ~ आशंकामा सनसिटी अपार्टमेन्टमा एकै परिवारका तीन सदस्य

काठमाडौं, कैलाली र प्रदेश नम्बर २ को रौतहटमा गरि सोमवार थप २ जनामा कोरोना संक्रमण भएको पुस्टि भएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा पिसिआरु परिक्षण मार्फत नमूना परिक्षण गर्दा कैलालीको लम्की चुहा नगरपालिकाको क्वारेन्टाइनमा बसेकी ६५ बािर्षय महिला र रौतहटको क्यारेन्टाइनमा बसेका १९ बर्षिय युवकमा कोरोना पोजेटिभ देखिएको बताएका हुन् ।यो सँगै नेपालमा कोरोनाका संक्रमितको संख्या १४ पुगेको छ।
अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा ४ हजार ४ सय ३२ र विभिन्न प्रदेशहरुका ल्यावमा १२६९ गरि पिसिआर प्रविधिका माध्यमबाट ५ हजार ६ सय ९१ वटा नमूना परिक्षण गरिएको जानकारी प्राप्त भएको छ । त्यसैगरि र्यापिड डाइग्नोस्टिक किटमार्फत ५ हजार २ सय ५१ नमुना परिक्षण गरिएको छ । दुबै जोडेर अहिलेसम्म देशभरिमा पिसिआर र आरटिडी गरेर १० हजार ९ सय ८२ जनाको नमुना परिक्षण गरिएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।

तेसै गरि काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीन सदस्यलाई र्‍यापिड टेस्ट गर्दा कोरोना भाइरसको एन्टिबडी देखिएपछि निजहरुलाइ पाटन अस्पताल भर्ना गरि स्वाब टेस्टको लागि टेकु प्रयोगशालामा पठाइएको हुदा निजहरुको कोरोना भाइरसको पुस्टि हुन बाकि छ ।

सम्बन्धित समाचार

बुलेटबाट आएको माओवादी र ब्यालेटबाट आएको रास्वपामा फरक
बुलेटबाट आएको माओवादी र ब्यालेटबाट आएको रास्वपामा फरक
  • २०७७ बैशाख १, १६: ५०

यही फागुन २१ गते भएको आम निर्वाचनमा रास्वपालाई बहुमत मात्रै होइन दुइतिहाइ नजिक पु¥याउँदै छ । यद्यपी नेपालमा उग्रवामपन्थी कम्युनिष्टहरुलाई...

रास्वपा दुईतिहाइ नजिक पुग्दा बालेन प्रधानमन्त्री बन्दै
रास्वपा दुईतिहाइ नजिक पुग्दा बालेन प्रधानमन्त्री बन्दै
  • २०७७ बैशाख १, १६: ५०

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बन्न पुगेको...

शान्तिपूर्ण निर्वाचन, रास्वपालाई प्रचण्ड वहुमत र नयाँ सरकारबाट अपेक्षा
शान्तिपूर्ण निर्वाचन, रास्वपालाई प्रचण्ड वहुमत र नयाँ सरकारबाट अपेक्षा
  • २०७७ बैशाख १, १६: ५०

१. आम निर्वाचन २०८२ सम्पन्न भयो अप्रत्याशितरुपमा घोषित आम निर्वाचन २०८२ यही फागुन २१ गते शान्तिपूर्ण वातावरणमा एकैदिन सम्पन्न भएको...