विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्दै भारत – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्दै भारत

भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ मा विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने मंगलबार सार्वजनिक एक प्रतिवेदनमा उल्लेख छ । भारत अहिलेसम्म विश्वको सातौँ ठूलो अर्थतन्त्र रहेको भएपनि सन् २०१८ मा दुईस्थान माथि चढ्दै पाँचौँ स्थानमा पुग्न देखिएको लण्डनस्थित आर्थिक तथा व्यवसायिक अनुसन्धान केन्द्र (सेन्ट्रल फर इकोनोमिक्स एण्ड विजिनेस रिसर्च) द्वारा जारी बार्षिक प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, भारतले सन् २०३२ मा आफ्नो अर्थतन्त्रलाई विश्वकै तेस्रो स्थानमा र्पुयाउने लक्ष्य लिएको पनि प्रतिवेदनमा उल्लेख छ । भारतको नेतृत्वमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएर आएपछिका तीन वर्षमा भारतीय अर्थतन्त्रले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा तीन वर्षकै निम्न आर्थिक उपलव्धि हासिल गरेको छ ।
प्रधानमन्त्री मोदीले करको प्रणालीमा व्यापक परिवर्तन गर्न भनी भारतीय ठूला दरका पूराना नोटमा प्रतिबन्ध लगाएपछि सो कमी आएको थियो । आर्थिक विकास दरमा निर्णयपछिका तीन महिनामा ५.७ प्रतिशतमा खुम्चिएकोमा यसमा सामान्य सुधार आई सेप्टेम्बरमा ६.३ प्रतिशत पुगेको थियो ।
अर्थतन्त्रमा आर्थिक वर्षको सुरूमा अस्थायी गिरावट देखिएपनि भारतको अर्थतन्त्रले फ्रान्स र बेलायतको अर्थतन्त्रलाई यसै वर्ष भेट्न सफल भएको र अर्काे वर्ष दुवै देशलाई उछिन्दै डलरको हिसाबमा विश्वको पाँचौँ अर्थतन्त्रका रूपमा उदय हुने अनुसन्धान केन्द्रका उपाध्यक्ष डगलास म्याक विलियम्सले बताए ।
सस्तो उर्जा र डिजिटल प्रणालीमा ल्याएको परिवर्तनले विश्व आर्थिक विकासलाई माथि उठाएको उनले बताए । विश्व अर्थतन्त्रमा चीन, भारत, जापान लगायतका एशियाली मुलुकको आर्थिक विकास छिट्टै हावी हुन लागेको केन्द्रको निष्कर्ष निकालेको छ । अहिलेसम्म विश्व अर्थतन्त्रमा संयुक्त राज्य अमेरिका सबैभन्दा अगाडि रहेपनि यसलाई चीनले सन् २०३० सम्ममा उछिन्ने रिपोर्टको पूर्वानुमान रहेको छ ।

सम्बन्धित समाचार

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
  • २०७४ पुष १७, ०९: ४५

एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।...

कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
  • २०७४ पुष १७, ०९: ४५

काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...

ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
  • २०७४ पुष १७, ०९: ४५

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय...