मुम्बई आगलागीमा ‘कम्तीमा १४ को मृत्यु’ – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

मुम्बई आगलागीमा ‘कम्तीमा १४ को मृत्यु’

मुम्बईको लोअर परेल क्षेत्रमा शुक्रवार एउटा भवनमा भएको आगलागीमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । लोकप्रिय कमला मिल्स रेष्टुराँ र किनमेल केन्द्र रहेको भवनमा मध्यरात १२ बजेपछि आगलागी शुरु भएको थियो ।
त्यसको आधा घण्टापछि आगो फैलिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ६ जनालाई अस्पताल भर्ना गरिएको मुम्बईको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार वान अबोभ रुफटप रेष्टुराँबाट आगलागी शुरु भएको थियो । टाइम्स अफ इण्डियाका अनुसार कतिपय आगन्तुकले शौचालयमा शरण लिन खोजेका र त्यहीं थुनिन पुगेका थिए । मृत्यु हुनेमा अधिकांश रमाइलो गर्न भेला भएका महिला रहेका बताइन्छ । २८ औं जन्मदिन मनाइरहेकी एक महिलाको पनि मृत्यु भएको बताइएको छ । कमला मिल्स पुनर्निर्माण गरिएको औद्योगिक हाता हो जहाँ थुप्रै महँगा रेष्टुराँ, बार तथा कार्यालयहरु सञ्चालनमा छन् ।

सम्बन्धित समाचार

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
  • २०७४ पुष १७, ०९: ४७

एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।...

कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
  • २०७४ पुष १७, ०९: ४७

काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...

ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
  • २०७४ पुष १७, ०९: ४७

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय...