मुम्बई आगलागीमा ‘कम्तीमा १४ को मृत्यु’ – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

मुम्बई आगलागीमा ‘कम्तीमा १४ को मृत्यु’

मुम्बईको लोअर परेल क्षेत्रमा शुक्रवार एउटा भवनमा भएको आगलागीमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । लोकप्रिय कमला मिल्स रेष्टुराँ र किनमेल केन्द्र रहेको भवनमा मध्यरात १२ बजेपछि आगलागी शुरु भएको थियो ।
त्यसको आधा घण्टापछि आगो फैलिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ६ जनालाई अस्पताल भर्ना गरिएको मुम्बईको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार वान अबोभ रुफटप रेष्टुराँबाट आगलागी शुरु भएको थियो । टाइम्स अफ इण्डियाका अनुसार कतिपय आगन्तुकले शौचालयमा शरण लिन खोजेका र त्यहीं थुनिन पुगेका थिए । मृत्यु हुनेमा अधिकांश रमाइलो गर्न भेला भएका महिला रहेका बताइन्छ । २८ औं जन्मदिन मनाइरहेकी एक महिलाको पनि मृत्यु भएको बताइएको छ । कमला मिल्स पुनर्निर्माण गरिएको औद्योगिक हाता हो जहाँ थुप्रै महँगा रेष्टुराँ, बार तथा कार्यालयहरु सञ्चालनमा छन् ।

सम्बन्धित समाचार

भियतनाममा भीषण बाढीमा परी ३५ जनाको मृत्यू
भियतनाममा भीषण बाढीमा परी ३५ जनाको मृत्यू
  • २०७४ पुष १७, ०९: ४७

काठमाडौं।भियतनाममा अविरलको भारी वर्षा र बाढीका कारण भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।अन्य पाँच जना अझै बेपत्ता छन्...

सीमानामा भिडन्त हुँदा २३ पाकिस्तानी र ९ अफगानी सेना मारिए
सीमानामा भिडन्त हुँदा २३ पाकिस्तानी र ९ अफगानी सेना मारिए
  • २०७४ पुष १७, ०९: ४७

काठमाडौं।पाकिस्तानी र अफगानी सेनाबीच सीमाना भएको गोली हानाहानमा दर्जनौं सेना मारिएका छन्।शनिबार राति सीमावर्ती खोस्त, पक्तिका, कुनर, नान्गारहार, पक्तिया र...

हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् विपिन जोशी
हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् विपिन जोशी
  • २०७४ पुष १७, ०९: ४७

काठमाडौँ । इजरायलले गाजामा युद्धविराम लागू गर्ने र बन्धकहरूलाई रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको छ ।हमासले मुक्त गराउन लागेको २०...