उपत्यकाको धुलो धुँवाबाट जनताले कहिले मूक्ति पाउने ? – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

उपत्यकाको धुलो धुँवाबाट जनताले कहिले मूक्ति पाउने ?

जनतालाई प्रत्यक्ष रुपमा असर पारिरहेको उपत्यकाको धुलो धुँवालाई सरकारले निर्मुल पार्न नसकेको कारण उपत्यका वासीहरुको स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । बर्सौदेखि सडक, ढल तथा सडक चौंडा गर्ने काम सम्पन्न नहुँदा सडकमा हिँड्ने बटुवादेखि चालक यात्रु सबैले सर्वसाधारण व्यक्तिले हैरानी खेप्नु परेको छ ।
थानकोटदेखि कंलकी हुँदै महानगर छिर्न प्रत्येक दिन घण्टौंसम्म पालो कुर्नु पर्ने बाध्यता भएकोले सो क्षेत्रबाट आवातजावत गर्ने व्यक्तिको समय निकैखेर गएको धुलो र धुँवाको कारण गाडि भित्र बस्दा पनि उकुसमुकु भएर मानिसहरुको स्वास्थ्य दिनप्रतिदिन बिग्रदै गएको प्रति सरकारको ध्यान गएको देखिदैन । धेरै पटक मन्त्रिमण्डल परिवर्तन हुँदा पनि उपत्यकाका अधिकांश सडक चौंडा गर्ने काम जहाँ त्यही छ । सडक निर्माणमा तिव्र कार्यप्रति चासो नजानु बिडम्बना नै हो । मन्त्री भएको भोलिपल्ट सडकमा गएर भाषण छाट्ने मन्त्रीहरु यतिखेर कानमा तेल हालेर बसेका छन् । करीब २ वर्ष बितिसक्दा पनि उपत्यकाको २० किलो मिटर सडक निर्माण कार्य गर्न नसक्ने सरकारी योजना कहिले पुरा हुने हो ? त्यसको पत्तो कसैलाई छैन । वर्तमान अवस्थामा पनि एकीकृत योजना तर्जुमा नगर्ने कार्यले गर्दा सडक बनाउँदै जाने फेरी ढल खन्दै जाने कार्यले उपत्यकाको सडक सधै कुरुप भई रहने अवस्था छ । अस्तव्यस्त तथा सडक जाम भईरहने कारण मानिसहरुको दैनिक कार्य समेत निकै भएको अवस्था बढीरहँदा सम्बन्धित निकायको चासो देखिदैन ।
अहिले काठमाडौं उपत्यका लगायत सबै स्थानहरुमा जाडो अत्याधिक बढी रहेको छ । चिसो मौसममा कारण दीर्घ रोगीहरुको जीवन कष्टकर हुँदैछ भने धुलो धुवा प्रदुषणको कारण मानिसहरु निकै बिरामी पर्न थालेको सरकारी तथ्याङ्कले बताइरहेको छ । सरकारी अस्पताल तथा प्राईभेट अस्पतालमा रोगीहरुको अत्याधिक चाप बढीरहेको छ । अहिले जाडोको मौसमका कारण दीर्घरोगी त्यसमा पनि छाती रोगीहरु अत्याधिक मात्रामा अस्पतालहरुमा धाउने गरेको देखिन्छ । सर्वसाधारण तथा स्कुले बालबालिका समेत बिरामी परेको चिकित्सकहरु बताउँछन् । यी सबै कुरा उपत्यकाको बिग्रदो वातावरणका कारण भएता पनि सरकार भने कानमा तेल हालेर बसेको छ । किन हुँदैन सडक चौडा गर्ने काम समयमा ? ढल निर्माण कार्य समयमा किन हुँदैन ? यी यावत प्रश्नमा उत्तर दिन सरकार तथा सम्बन्धित निकाय तयार देखिदैनन् ।
थानकोेटदेखि कंलकीसम्मको सडक निर्माण कार्य वर्षौदेखिको समस्या झन झन बढ्दो छ । सोझा साझाले सरकारले निर्धारण गरेको मापदण्ड अनुसार घर, टहरा भत्काएर सडक चौडा गर्न जग्गा छोडी रहँदा पनि सरकारले काम गर्न सकेको छैन भने टाठाबाठाहरु राजनैतिक दलको आडमा अवरोध गर्ने कार्य गरिरहेका छन् । सरकारी निर्णय कार्यान्वयन गराउन सरकार असफल भई रहेको अवस्थामा कहिले सम्म सर्वसाधारणले कुर्नुपर्ने हो, त्यसको जवाफ कसैसँग छैन । अहिले सरकारी कामकाजमा जवाफदेहिताको जिम्मेवारी नै कसैले पनि नलिने हुँदा जसले जे गरे पनि हुन्छ भन्ने मान्यता हाबी भएको छ । दण्ड हिनता मौलाएको छ । सुशासन भन्ने कुरा भाषणमा मात्र सिमित हुन थालेको छ । जति राजनैतिक दलले सुशासन र स्थिर सरकारको खोक्रो नारा फलाके पनि पुरा हुने लक्षण भने देखिदैन । त्यस कारण जनतासँग प्रत्यक्ष सरोकार पर्ने उपत्यकाको वातावरण सफा बनाउन सबैको ध्यान जान जरुरी छ ।

सम्बन्धित समाचार

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७४ पुष २४, ०८: ३५

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७४ पुष २४, ०८: ३५

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०७४ पुष २४, ०८: ३५

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...