मिठा सपना बाँडेर जनता झुक्याउने काम बन्द गर्नुपर्छ – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

मिठा सपना बाँडेर जनता झुक्याउने काम बन्द गर्नुपर्छ

निर्वाचन भनेको नेता र दलहरुको लागि जनताका घरदैलोमा पुग्ने र भोट माग्ने भन्ने आम बुझाई छ । यसको लागि राजनैतिक दलहरुले आफ्नो दललाई निर्वाचित गराउन कुनै न कुनै माध्यमबाट जनतालाई आकर्षित गरिरहेका हुन्छन् । प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन नजिकिदै गर्दा चुनाव प्रचारका कार्य तिव्र हुँदै गएका छन् । साना दलदेखि ठूला दलहरु चुनावी मैदानमा ओर्लिएका छन् । तर राजनैतिक दलहरुले चुनावको मुखमा जनतालाई बाँड्ने आश्वासन विश्वासिलो र कसिलो बनाउन सकिरहेको छैनन् ।

प्रत्येक आवधिक राजनैतिक दलहरुले आ–आफ्नो घोषणापत्रलाई आधार मानेर मत माग्दै आएका छन् भने उता दल र प्रती बितृष्णा पैदा हुँदै गएको छ । एक त सबै जनताका घरघरमा घोषणा पत्रलाई राजनैतिक दलहरुले पु¥याउन सकेका छैनन् भने घोषणापत्र पुगेपनि जनताले त्यसमा केही नयाँपन पाएका छैनन् । अहिले राजनैतिक दलहरुले घोषणापत्र तथा प्रचार सामग्रीको उचित सदुपयोग नभएको अवस्था छ ।

जनताले राजनैतिक दलहरुले निकालेको घोषणा पत्रलाई मात्र मानेर मत दिने भन्दा पनि को नेता इमान्दार छ, कसले दुःख सुखमा साथ दिन्छ, कसले तथ्यपूर्ण र यथार्थतालाई आत्मसाथ गर्छ त्यो सबैलाई ध्यानमा राखेर मत हाल्ने मनस्थितिमा छन् । जनता बौद्धिकता, क्षमता, बुद्धी–विवेक भएका नेताको खोजीमा छन् । राजनैतिक दलहरुले आवधिक निर्वाचनका लागि निकाल्ने यस्ता खाले घोषणापत्र अथवा प्रतिबद्धता पत्र जे होस् चुनावी नारा मात्र नभै जे सकिन्छ, त्यँही मात्र गर्छु भन्ने वाचा लिएर जनताको माझ जाने उम्मेद्वारलाई पठाउनु पर्ने हो ।
गएको स्थानीय निर्वाचनमा राजनैतिक दलहरुले गरेका वाचा के कति पुरा गरे त ? स्थानीय निर्वाचन भएको छ महिना भईसकेको छ तर राजनैतिक दलहरुले त्यतिबेला गरेको प्रतिबद्धता पत्र अनुसार स्थानीय स्तरमा विकास निर्माणदेखि जनतासँग गरेका वाचा के कति पुरा गरे त ? त्यसको लेखाजोखा अहिलेको निर्वाचनमा जनताले पक्कै गर्नेछन् ।

झूठो आश्वासन दिएर स्थानीय निकाय आ–आफ्नो हात पार्न सफल राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु फेरी जनताको माझ आउँदा ति प्रतिबद्धताका बारेमा जनताले प्रश्न गर्न सक्नुपर्छ । संविधान कार्यान्वयनको पहिलो चरणमा भएको स्थानीय स्तरको निर्वाचनमा जनतामा उत्साह थियो । नेपालको नयाँ संविधान कार्यान्वयन गर्ने भन्दै मत मागेका राजनैतिक दलहरुले स्थानीय स्तरका विकास निर्माणदेखि वृद्वभत्ता वृद्धि समेतका झूठा आश्वासन दिएका र घरघरमा पैसा पु¥याई दिने भनेर प्रतिबद्धता समेत व्यक्त गरेका थिए । तर विडम्बना, जुनसुकै राजनैतिक दलले पनि यसैगरी जनतालाई राम्रा राम्रा सपना बाँड्ने तर निर्वाचन भईसकेपछि तिनै जनतालाई मुख देखाउन जादैनन् । त्यसैले जनतासँग स्थानीय निर्वाचनमा गरेको प्रतिबद्धता कार्यान्वयन गराउन कुन दल, कुन नेता अगाडी छ, त्यसैको आधारमा त्यही पार्टीलाई जनताले मत दिएर जिताउनुपर्छ ।

वृद्वभत्ताको नाममा मासिक बाह्र हजार पु¥याई दिने हावादारी आश्वासनमा फस्नु हुँदैन । राज्यको सिमित स्रोत साधनको उचित व्यवस्थापन गरी त्यसको सही सदुपयोग गर्ने नेतालाई रोज्नुपर्दछ । मिठा सपना बाँडेर भोट बटुल्ने राजनीतिक दललाई मत दिँदा आफैले दुःख पाउने हुँदा सोचेर मतदान गर्न जरुरी छ । त्यसैले कुनै पनि राजनीतिक दलको झूठा आश्वासन र प्रलोभनमा नपरी निष्पक्ष र भयरिहत वातावरणमा मतदान गर्नुपर्छ ।

सम्बन्धित समाचार

किसानलाई समयमै मल आपूर्ति होस्
किसानलाई समयमै मल आपूर्ति होस्
  • २०७४ मंसिर ४, ०९: ३४

हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७४ मंसिर ४, ०९: ३४

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७४ मंसिर ४, ०९: ३४

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...