संघीय लोकतान्त्रिक, गणतन्त्र नेपालको संरचनामा मुख्य दलहरुको मुख्य भूमिका रहेको हुन्छ । वर्तमान नेपालको संविधान अनुसार राष्ट्रिय दलहरुले मुख्य भूमिकामा रहनु पर्छ र आम जनताको भावना बुझेर काम गर्न सकेमात्र आउँदो निर्वाचनमा पून राष्ट्रिय दलमा टिकीरहन सक्नेछन् । संविधान कार्यान्वयनको पहिलो खुड्किलो पार गर्दागर्दै दुई ठूला कम्युनिष्ट पार्टीहरु एक–आपसमा मर्ज भएका कारण नेपाली राजनीतिमा बहुमतको सरकार निर्माण भएको छ । यद्यपी यो सरकारले पनि जनताको चाहनाअनुसार काम गर्न नसकेको यर्थाथता छँदैछ । तर पछिल्लो समयमा दलहरुप्रति र प्रतिपक्षसँग एक आपसमा दोषारोपण र छेड हानाहान गर्ने कार्य केही हदसम्म कम भएको देखिन्छ ।
पछिल्लो समय अर्थात् कार्तिक ११ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भृकुटी मण्डपमा शुभ–कामना आदान–प्रदान तथा चियापानको आयोजना गरेर राजनैतिक दलका सबै तह र तप्काका विशिष्टदेखि कनिष्टसम्मका व्यक्तिहरु, न्यायधीश, वकिल, पत्रकार, सचिवदेखि कर्मचारीतन्त्रसम्मका व्यक्तिहरुलाई शुभ–कामना दिँदै चियापानको आयोजना गरेको थियो । उक्त चियापान कार्यक्रममा सबै तह र तप्काका व्यक्तिहरुको बाक्लै उपस्थिति रहेको थियो ।
त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि कार्तिक १६ गते शुभ–कामना तथा चियापान कार्यक्रम गरेर सबै तह र तप्काका व्यक्तिहरुलाई निमन्त्रणा गरेको देखियो । २०३३ सालमा वी.पी कोइराला स्वदेश फिर्ता भएपछि सुरु गरिएको काँग्रेसको चियापानले अहिलेसम्म निरन्तरता पाउँदै आएको छ । वी.पी.ले नेपाली–नेपालीमा एक आपसमा एकता कायम गर्दै राष्ट्रलाईनै केन्द्रविन्दु बनाएर एक आपसमा भातृत्व विकास गर्दै जाने नीति प्रतिपादन गरेको देखिन्छ ।
दलहरुप्रति पनि राष्ट्रिय मेलमिलापको नीति भएमा वाह्य शक्तिले हेप्न नसक्ने हुँदा दलहरुबीच राष्ट्रिय सहमति कायम हुनुपर्ने देखिन्छ । त्यसैले बेला–बेलामा भएको राष्ट्रिय सहमतिबाट मात्र नेपालको राजनैतिक परिवर्तन सम्भव भएको यर्थाथता हाम्रो सामु छँदैछ । त्यसैले अब राजनैतिक परिवर्तनपछि विकासका लागि दलहरुबीच समन्वय, समझदारी र एक–आपसमा भातृत्व विकास गर्न यस्ताखाले शुभ–कामना आदान–प्रदान तथा चियापान कार्यक्रमले सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।
त्यसैले यस्ताखाले शुभ–कामना आदान–प्रदान तथा चियापान कार्यक्रमले जनता–जनताबीच भातृत्व विकास हुँदै जानुपर्छ र राष्ट्रिय दलहरुबीच एक आपसमा राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्न सकेमा मात्र चियापानले सार्थकता पाउँछ, होईन भने कुन दलले कति भिड जम्मा ग¥यो भनेर प्रचार गर्नुले मात्र मेलमिलापको उद्देश्यपूर्ति हुन सक्दैन । दलहरुले विभिन्न तह र तप्काका व्यक्तिहरुलाई आमन्त्रण गरेर नेपाली–नेपालीबीच एकता सद्भाव र सहयोगको भावनालाई मूखरित गर्ने कार्यमा लाग्न सक्नु पर्दछ । नेपाली काँग्रेसले यही १६ गते केन्द्रदेखि जिल्ला–जिल्लामा एकै पटक चियापान कार्यक्रम गरेर भातृत्व विकास गर्न खाजेको देखियो ।
प्रमुख प्रतिपक्षी काँग्रेसले यस पटक गरेको चियापान जति भव्य र सभ्य देखियो, त्यतिनै नेपाली जनतासँग पनि सभ्य बनेर नेपाली जनताको मन जित्न सक्नुपर्दछ । प्रजातन्त्र पूनरवहालीपछि र गणतन्त्र स्थापनासँगै निकै लामो समय सत्तामा बसेको काँग्रेसले पछिल्लो समय वी.पीले प्रतिपादन गरेको हरेक कुरालाई बिर्सिदै आएको कारण पनि काँग्रेस पछि परेको विश्लेषण भइरहेको छ । तसर्थ महामानव वी.पी. कोइरालाले २०३३ सालदेखि सुरु गर्नुभएको राष्ट्रिय मेलमिलापलाई आत्मसाथ गर्दै पार्टी–पार्टीबीच समझदारी, जनता–जनताबीच भातृत्व विकासलाई मूल आधार बनाउन सक्नुपर्दछ अनिमात्र दलहरुको चियापान कार्यक्रमले राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्न सक्दछ ।
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...