कलंकी थानकोट सडकमा सकस कहिलेसम्म ? – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

कलंकी थानकोट सडकमा सकस कहिलेसम्म ?

काठमाडौंको कोटेश्वरदेखि कलंकी र कलंकीदेखि नागढुंगा सडक निर्माण गर्न ढिलाई गरेका कारण मेची–महाकालीदेखि उपत्यका आउने सवारी साधनले त दुःख पाए–पाए । त्यो भन्दा बढी कष्ट बेहोर्नु परेको छ त्यहाँका वासिन्दा र बटुवाहरुले ! दिनरातनै धुँवा र धुलोका कारण उक्त क्षेत्रका वासिन्दा, व्यवसाय गरेर बस्ने व्यक्ति लगायतले निकै कष्ट बेहोर्नु परेको छ ।

दुई तिहाई बहुमतको सरकार निर्माण पश्चात मन्त्रीहरुले ढिलासुस्ती गर्ने ठेकेदारलाई जेल हाल्छु भन्दै उफ्रदै हिँडेपनि आजका मितिसम्म कुनै ठेकेदार कम्पनीलाई एउटा पत्र काटेको जानकारी कसैलाई छैन भने जेल हाल्ने कुरा त परै जाओस् ।

यसरी दिनप्रति दिन जनता प्रताडित हुँदै जाँदा पनि दुई तिहाईको सरकार मुक्तदर्शक भएर बस्नु र हावादारी गफ पिट्दै हिँड्नुले सरकारको निकै आलोचना भई रहेको छ । देशका ठूला–ठूला अपराधिक कृयाकलापदेखि ३३ किलो सुन काण्ड समेतको भित्री रहस्य बाहिर नआउनु संकाको विषय हो । सनम हत्या काण्डदेखि गोरेको जेल चलान हुँदै निर्मला हत्या काण्डको निष्पक्ष छानविन नहुनु सरकारको अंगले काम नगरेको भन्ने प्रष्ट हुन्छ ।

यदी यस्ताखाले घटनाहरु सरकारले जनसमक्ष लेराउन नसक्नु सरकारको ठूलै कमजोरी हो । लामो भूमिगत कम्युनिष्ट आन्दोलनबाट राजनीतिको चर्चाको शिखरमा पुगेका गृहमन्त्री रामबहादुर थापा मन्त्री हुने बितिकै निकै उत्साही र जनसमर्थन बटुल्न सफल भएपनि अहिले निकै सेलाएको देखिन्छ । गृहमन्त्रीको पदवहालीपछि निष्पक्ष र पारदर्शी देखाउन उत्साही गृहमन्त्रीलाई कहाँबाट, कसरी के कारणले छेकथुन भयो ? यो कुरा उहाँले समय आएपछि बोल्नु बताउनुहुनेछ ।

तर हाम्रो चासो भनेको जनताको दैनिकी जीवनयापन कष्टकर बन्दै गएको प्रति हो । अहिले कोटेश्वरदेखि कलंकीसम्मको चक्रपथ सडक व्यवस्थित तरिकाले सुचारु नभए पनि जाम भने कम भएको छ । तर ट्राफिक व्यवस्थापनलाई व्यवस्थित नगर्ने हो भने दुर्घटना ननिम्तेला भन्न सकिदैन ।

त्यसैगरी कलंकीको अण्डरग्रउण्डदेखि थानकोट हुँदै नागढुंगासम्मको सडक वर्षौदेखिको दुर्गतीले उक्त क्षेत्रका वासिन्दाहरुको स्थिति बेहाल भएको छ । सम्बन्धित निकायले पटक–पटक गरेका सहमति पनि कार्यान्वयन भएको छैन । उक्त क्षेत्रमा पटक–पटक जनताले सडक निर्माण चाँडै गर्न गरेको आग्रह पनि सुनुवाई नभएको कारण चक्काजाम तथा हड्ताल जस्ता कार्य हुँदा लामो दुरीबाट आउने सवारी साधन र मालवहाक गाडीहरु समेत रोकिएको रोकिन पुगे ।

आन्दोलनपछि गरीएको विभिन्न माग सम्बन्धी कार्य पुरा गर्न सरकार पक्षले सकिरहेको छैन । ठेकेदार कम्पनीले जुन ढंगले ढिलासुस्ती गरी रहेको छ, त्यसरी नै सम्बन्धित क्षेत्रका वासिन्दा र सरकारबीच दुरी बढ्दै गईरहेको छ । यसले गर्दा निकट भविष्यमा सम्बन्धित क्षेत्रका जनता निकै आक्रोशित हुँदै जाने खतरा बढ्दै छ । सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

सम्बन्धित समाचार

किसानलाई समयमै मल आपूर्ति होस्
किसानलाई समयमै मल आपूर्ति होस्
  • २०७५ कार्तिक २७, ०८: ०२

हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७५ कार्तिक २७, ०८: ०२

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७५ कार्तिक २७, ०८: ०२

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...